दोलखामा पहिलो पटक कोरोना पोजेटिभ पुष्टी, भेन्टीलेटरमा राखेर उपचार हुँदै

चरिकोट (दीस) –दोलखामा पहिलो पटक कोरोना पोजेटिभ पुष्टी भएको छ । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर २ निवासी एक वृद्धमा पोजेटिभ देखिएको हो । दोलखामा धुलिखेल अस्पतालबाट संन्चालित गौरीशंकर सामुदायिक अस्पतालमा उपचारत ती बृद्धको कोरोनासँग मिल्दो जूल्दो लक्षण देखिए पछि थप उपचारको लागि जेष्ठ ११ गते काठमाडौ रिफर गरिएको थियो । रिफर भए पछि सुरुमा काठमाडौको केएमसी अस्पतालमा उपचार गरिएका उहाँको पिसिआर टेष्ट गर्दा रिपोर्ट पोजेटिभ देखिएको कोरोना रोकथाम विपद व्यबस्थापन दोलखाका प्रबक्ता विभु कुमार झाले जानकारी दिनु भयो । कोरोना पुष्टी भएसँगै उहाँको हाल काठमाडौको टिचिङ अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भईराखेको उहाँले जानकारी दिनु भयो । कोरोना पुष्टीसँगै दोलखामा कोरोनाको संक्रमण पहिलो पटक देखिएको हो ।कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित व्यक्ति बस्ने र आसपासका क्षेत्र सिल गर्ने तयारी गरिएको सम्पर्कमा रहेका व्यक्तिहरुको नमुना संकलन गर्ने कार्य सुरु भइराखेको उहाँले जानकारी दिनु भयो ।

Shares

Be the first to comment on "दोलखामा पहिलो पटक कोरोना पोजेटिभ पुष्टी, भेन्टीलेटरमा राखेर उपचार हुँदै"

Leave a comment

Your email address will not be published.


*