दोलखामा पहिरो, १ जनाको मृत्यु ,३ जना बेपत्ता, ३ जना घाइते

चरिकोट ः दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका – ८ मा गएको पहिरोको कारण एक जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन । गएराती ९ बजेको अविरल बर्षा सगै आएको पहिरोले गाउँपलिका ८ बाट आएको पहिरोले ७ नम्बर वडाको बस्तिमा क्षती पुर्याएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी दिपक खड्काले बताउनुभयो । पहिरोले वेपत्ता हुनेमा पालिका -७ का हरिलाल श्रेष्ठ, कृष्ण बहादुर मगर र उहाकी श्रीमती र यज्ञ बहादुर थामिको १५ महिनाको नाति रहेको उहाँले बताउनुभयो । थामिको १५ महिनाको नातिको मृत्यु भएको प्रहरी प्रमुख खड्काले बताउनुभयो ।पहिरोमा परि ३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । बेपत्ताको खोजी भइरहेको घटनाको बिषयमा थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा पहिरो, १ जनाको मृत्यु ,३ जना बेपत्ता, ३ जना घाइते"

Leave a comment

Your email address will not be published.


*