दोलखामा पहिरोको जोखिम बढ्दै

दीक्षण समाचार
चरिकोट, असार ३०
दोलखामा अविरल वर्षासँगै गाउँबस्तीमा विपद्को घटना बढ्न थालेको छ । निरन्तर पानी परेपछि आएको पहिरोले कतिपय स्थानमा घर, विद्यालय लगायतका भौतिक संरचनामा क्षति हुन थालेको छ । जसले प्रभावित क्षेत्रमा बसोबास गर्ने मानिसहरू विस्थापित हुन थालेका छन्, भिरालो जमिन र नदी किनारामा रहेको बस्तीमा विपदको जोखिमसँगै त्रास बढेको छ ।
जिरी नगरपालिकामा गएराती वर्षासँगै आएको पहिरोले ४१ घर जोखिममा परेका छन् । वडा नं. ६ स्थित हाटडाँडामा पहिराका कारण १४ घरपरिवार विस्थापित भएका छन् । पहिरोबाट जोखिममा परेका विस्थापित परिवारहरू आफन्त तथा छिमेकीको आश्रय लिइरहेका छन् । त्यसैगरी वडा नं. ३ मा पहिरो खस्न थालेपछि २७ घर जोखिममा परेको छ । विपद् व्यवस्थापन समितिका अनुसार खरोयो वन, माथिल्लो खरायो वन, कथामे लगायतका स्थानमा पहिरोले घर बगाउन थालेपछि प्रभावित परिवारलाई सुरक्षित स्थानमा जान भनिएको छ ।
यसैगरी मेलुङ गाउँपालिका वडा नं. ७ को जोगीगाउँ, थामी बस्ती, मगरगाउँ, बिरौटा लगायतका स्थानमा पहिरो खसेको छ । वडाध्यक्ष नवराज खड्काले पहिरोका कारण दुई वटा घर पूर्ण रुपमा क्षति भएको, ११ घरमा आशिंक रुपमा क्षति भएको र २३ घर उच्च जोखिममा परेको छ । जोखिमयुक्त घरपरिवारलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको उहाँले बताउनुभयो । पहिरोका कारण वडा कार्यालय, आजादी माध्यमिक विद्यालय, सतीदेवी र कर्णाली प्राथमिक विद्यालय समेत उच्च जोखिममा परेको छ ।

Shares

Be the first to comment on "दोलखामा पहिरोको जोखिम बढ्दै"

Leave a comment

Your email address will not be published.


*