दोलखामा पनि भोलिबाट सार्वजनिक गाडी नचल्ने

दोलखा–सरकारले सोमबार देखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको सँगै दोलखामा पनि भोलिबाट सार्वजनिक गाडी नचल्ने भएका छन्। जिल्लामा सोमबार देखि अर्को सूचना प्रकाशित नभए सम्मका लागि पुर्व अरनिको यातयात प्रालिले सार्वजनिक गाडि नचलाउन भएको हो । कोरोना भाइरस कोभिड १९ नेपालमा आउन नदिन सरकारले  भोलि देखि लामो दुरीका सार्वजनिक यातायात सेवा वन्द गराउने भएकाले  जिल्लामा पनि पुर्व अरनिको यातयात प्रालिले सार्वजनिक गाडि नचलाउने निर्णय गरेको प्रालिका सदस्य सचिव राजकुमार बस्नेतले जानकारी दिनुभयो ।उहाँका अनुसार प्रालिले सार्वजनिक  सुचना मार्फत गाडि नचल्ने  जानकारी गराईएको छ ।

 

Shares

Be the first to comment on "दोलखामा पनि भोलिबाट सार्वजनिक गाडी नचल्ने"

Leave a comment

Your email address will not be published.


*