दोलखामा पछिल्लो समयमा गरिएको पीसिआर टेष्टमा ७ जनामा कोरोना संक्रमण

चरिकोट (दीस)– दोलखामा पछिल्लो समयमा गरिएको पीसिआर टेष्टमा ७ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार भिमेश्वर नगरपालिका चरिकोटबाट पठाइएको ८ जना मध्ये ४ जनाको पोजिटिभ आएको छ ।४ जना मध्ये पहिले नै तीन जना बालबालिकाका संक्रमण थियो । तीनै बालबालिकालाई हेरचार गर्न बसेकी दीदीलाई पनि कोरोना संक्रमण भएको हो । त्यसैगरी बिगु गाउँपालिकाका ३ जनामा संक्रमण भएको छ । भारतबाट आएका एक जनामा पुरुष तथा सिंगटीको बैकमा काम गर्ने बैकको कर्मचारीलाई कोरोना पुष्टी भएको हो ।संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि स्वास्थ्य कार्यालय दोलखाले बताएको छ ।

Shares

Be the first to comment on "दोलखामा पछिल्लो समयमा गरिएको पीसिआर टेष्टमा ७ जनामा कोरोना संक्रमण"

Leave a comment

Your email address will not be published.


*