दोलखामा नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघ (समाजवादी)को गठन

चरिकोट (दीस) –दोलखामा नेकपा एकीकृत समाजवादी निकट महिला अखिल नेपाल महिला संघ (समाजवादी) को जिल्ला सम्मेलन आयोजक कमिटी गठन भएको छ । समाजवादीको पाटी कार्यालयमा भएको भेलाले तारा तामाङको अध्यक्षतामा ७५ सदस्सीय कमिटी गठन गरेकाे हो । त्यसैगरी कमिटीको उपाध्यक्षहरुमा गोमा दहाल र देवी शाही चयन हुनु भएको छ । कमिटीको सचिबमा सचिव जतना खड्का ,सह सचिवहरुमा जानुका निरौला ,देवी वस्याल र कल्पना जिरेल कोषाध्यक्षमा गिता ढुङ्गेल चयन हुनु भएको छ । कार्यक्रममा समाजवादीका नेता शिब प्रसाद भण्डारी , दोलखाका जिल्ला अध्यक्ष भीम प्रसाद दहाल , उपाध्यक्ष भुवन के.सी , नेता दिनेश शिवाकोटी तथा युवा संघ दोलखाका सह अध्यक्ष रामहरी शिवाकोटी लगायतले मन्तब्य गर्नु भएको थियो ।

Shares

Be the first to comment on "दोलखामा नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघ (समाजवादी)को गठन"

Leave a comment

Your email address will not be published.


*