दोलखामा नेकपाको दुबै समुहको फरक फरक कार्यक्रम तय

चरिकोट (दीस) –दोलखाको सदरमुकाम चरिकोटमा आज नेकपा दुई समुहको फरक फरक कार्यक्रम हुने भएको छ । नेकपा ओलीले समुहले बृहत कार्यकर्ता भेला गर्ने भएको छ । भेला विहान ११ बजे देखी सदरमुकाम चरिकोटमा सुरु हुने भएको छ । भेलालाई नेपाल सरकारका गृहमन्त्री राम बहादुर थापा , नेपाल सरकारका प्रबक्ता एमं सुचना तथा प्रविधी तथा संञ्चार मन्त्री पार्वत गुरुङ ,नेकपाका बागमती प्रदेशका सचिब आनन्द प्रसाद पोखरेल ,अध्यक्ष ईस्वरचन्द्र पोखरेल लगायतले मन्तब्य दिने कार्यक्रम रहेको छ । भेलामा नेकपाका नेता तथा अगुवा कार्यकर्ता नेताको सहभागिता रहने जनाइएको छ ।उनीहरुले आफ्ना नेता कार्यक्रतालाई चरिकोटमा आउन आग्रह गरेको छन् । त्यसैगरी प्रचण्ड नेपाल समुहले ओली सरकारले असंबैधानिक कदम चालेको भन्दै जिल्ला प्रशासन कार्यालय दोलखामा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ ।, ओली समुहले गर्ने कार्यक्रमको नेपाल समुहले बिज्ञप्ती जारी गर्दै कार्यक्रममा नेकपाको आधिकारीक नभएको बताएको छ । बिज्ञप्ती ा नेकपा दोलखाकी ईन्चार्ज देवी खडका , सह ईन्चार्ज रचना खडका , सचिब गोपाल पाण्डेले हस्ताक्षर गरेका छन। ज्ञापन पत्र बुझाउने कार्यक्रममा उक्त समुहका नेता पशुपति चौलागाई ,गंगा कार्की , देबी खडका , तथा नेता तथा कार्यक्रताको सहभागिता रहने जनाइएको छ ।

Shares

Be the first to comment on "दोलखामा नेकपाको दुबै समुहको फरक फरक कार्यक्रम तय"

Leave a comment

Your email address will not be published.


*