दोलखामा निषेधाज्ञा थपियो ः दोलखा प्रबेश गर्न ७२ घण्टा भित्रकाे पीसीआर रिपोर्ट नेगेटिभ चाहिने

चरिकोट (दीस) –दोलखामा सात दिन निषेधाज्ञा थपिएको छ । आज बसेको जिल्ला संकट व्यवस्थापन समिति दोलखाको बैठकले निषेधाज्ञा सात दिन थप गरेको हो । दोलखामा निषेधाज्ञा जेष्ठ २२ गतेसम्म  रहने छ । बैठकले निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताए । बाहिर जिल्लाबाट दोलखा प्रबेश गर्ने व्यक्ति ७२ घण्टा भित्र पीसीआर रिपोर्ट नेगेटिभ आएको देखाए मात्र जिल्ला प्रबेश गर्न दिने निर्णय गरेको छ । बैठकले जिल्लामा भेला तथा जम्मा भएर गर्ने कुनै सांस्कृति कार्यक्रम रोक लगाउने निर्णय गरेको पनि पाण्डेले बताए ।

Shares

Be the first to comment on "दोलखामा निषेधाज्ञा थपियो ः दोलखा प्रबेश गर्न ७२ घण्टा भित्रकाे पीसीआर रिपोर्ट नेगेटिभ चाहिने"

Leave a comment

Your email address will not be published.


*