दोलखामा निषेधाज्ञा ः विवाह ब्रतवन्ध गर्न प्रशासनबाट अनुमति लिनुपर्ने

दीक्षण समाचार
चरिकोट, बैशाख २२

दोलखामा बुधबार राती १२ बजेदेखि लागूहुने गरी बैशाख ३१ गते राती १२ बजेसम्मका लागी निषेधाज्ञा जारी हुने भएको छ । यद्यपी निषेधाज्ञाको समयमा पनि प्रशासनबाट अनुमति लिएर सीमित मानिसको उपस्थितीमा विवाह व्रतबन्ध गर्न पाइने जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र दोलखाले जनाएको छ । केन्द्रका अनुसार सम्बन्धित स्थानीय तहको सिफारिस समेतको आधारमा जिल्ला प्रशासन कार्यालको अनुमति लिएर १५ जनाको मात्र सहभागीतामा विवाह ब्रतवन्ध गर्न पाइने छ ।
मूख्य बजार क्षेत्रमात्र बन्द !
निषेधाज्ञाको बेला जिल्लाका मुख्य बजार क्षेत्र मात्र बन्द गर्न निर्देशन दिइने भएको छ । चरिकोट, सिंगटी, जिरी मैनापोखरी, किर्नेटार, कुरी, तामाकोशी, मागापौवा बजार क्षेत्रका बजारका दोकान, पसल, व्यापारव्यवासय बन्द गर्ने आदेश दिइने जनाइएको छ ।
सरकारी कार्यालय तथा वित्तिय संस्था खुल्ला रहने
निषेधाज्ञाको बेलामा पनि जिल्लाका सरकारी कार्यालय तथा वित्तिय संस्थाहरु स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन हुने भएका छन् । अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैँक, सहकारी तथा वितिय संस्थाहरु १ चौथाई कर्मचारीमात्रै राखी सञ्चालन गर्न पाइने जनाइएको छ ।

दाेलखा जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी अादेश

Shares

Be the first to comment on "दोलखामा निषेधाज्ञा ः विवाह ब्रतवन्ध गर्न प्रशासनबाट अनुमति लिनुपर्ने"

Leave a comment

Your email address will not be published.


*