दोलखामा निषेधाज्ञाको अवज्ञा हुँदा थपियो चुनौती

इश्वर बिश्वकर्मा
चरिकोट, जेठ ३०
दोलखामा नागरिक स्तरबाट निषेधाज्ञाको अवज्ञा हुन थालेपछि चुनौती थपिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या घट्ने अपेक्षा गरिएपनि त्यसको विपरीत भएको छ । जारी निषेधाज्ञाको नागरिकस्तरबाट पूर्ण पालना तथा कार्यान्वयन नहुदाँ कोरोना नियन्त्रण र न्युनिकरणकाे कार्यमा चुनौती थपिएको हो । स्वास्थ्य कार्यालयको आइतबारको अद्यावधिक आंकडा हेर्दा दोस्रो लहरको कोरोनाबाट १८ सय ६५ जना संक्रमित भएका छन् । निको हुने १ हजार १ सय ७९ जना रहेकोमा ६ सय ७७ निको हुन बाँकी अर्थात् सक्रिय संक्रमित रहेका छन् । ९ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको कार्यालयले जनाएको छ । संक्रमण निको हुने व्यक्तिहरु बढ्न थालेपछि सकरात्मक आशा पलाएको छ । तर कोरोना संक्रमित थपिने पनि उतिकै मात्रामा रहेको छ । बजारदेखि गाउँसम्म सबैतिरको अवस्था चिन्ताजनक रहेको छ । यसले जोखिम यथावत रहेको र निषेधाज्ञाको पूर्ण परिपालना नभएको पुष्टि हुन्छ । बजार क्षेत्रमा प्रहरी परिचालित भई निषेधाज्ञा अवज्ञा गर्ने व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याई जरिवाना तिराउने गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार पछिल्लो एक साताको अवधीमा मास्कबिना हिँड्ने ७७ र अनवश्याक हिँड्ने २० जनालाई कारबाहीको दायरा ल्याई जरिवाना तिराइएको थियो । मास्क नलगाउने व्यक्तिले १ सय र कामबिना हिड्ने व्यक्तिले २ सय रुपैयाँ जरिवाना तिरेका थिए । सोही अवधीमा मोटरसाइकल २० वटा र अन्य गाडी ११ वटा कारबाहीमा परेका थिए । कारबाहीमा परेका मोटरसाइकल चालकले २ हजार र अन्य गाडी चालकले ५ हजार रुपैयाँ जरिवाना तिनुपर्ने नियम रहेको छ ।

 

संक्रमितको संख्या घट्ने अपेक्षा गरिएपनि त्यसको विपरीत भएको छ ।

जारी निषेधाज्ञाको नागरिकस्तरबाट पूर्ण पालना तथा कार्यान्वयन

नहुदाँ कोरोना नियन्त्रण र न्युनिकरणमा चुनौती थपिएको हो ।

प्रहरी निरीक्षक अन्जान कोइरालाले पछिल्लो समयमा निषेधाज्ञालाई कडा पारिएको दाबी गरेका छन् । तर बिहान बेलुका भने अावश्यक नभई हिड्ने व्यक्तिलाई भने कारबाही गरिदैन् । त्यस्तै बिहानको तरकारी र खाद्यान्न किनबेचको काम व्यवस्थित छैन् । प्रहरीको आँखा छलेर पसल खोल्ने र भिडभाड हुने गरेको छ । यसरी बजार क्षेत्रमैँ निषेधाज्ञाको कार्यान्वयन फितलो हुँदा गाउँमा त निषेधाज्ञा छैन की भन्ने भान हुन्छ । किनकी अहिले पनि भिडभाडका साथ हुने पुजाआजा, भोजभतेर, न्वारन, घेवा, दिवाली, जन्मदिनको पार्टी लगायतका धार्मिक तथा सांस्कृतिक कार्यक्रम रोकिएको छैन् । त्यस्तै प्रभावित स्थानबाट फर्किएका व्यक्तिहरु पालिकाले बनाएकाे क्वारेन्टाइनमा नबसी सिधैँ गाउँमा प्रवेश गर्ने गरेका छन् । यस्ता कार्यक्रम तथा गतिविधी रोक्न प्रहरी संयन्त्रले कुनैपनि काम गरेको पाइदैन । न नागरिक नै अनुशासित हुन्छन् । यसले गर्दा कोरोना भाइरस नियन्त्रण र राेकथामका लागि चुनौती बढेको भन्दै सरोकारवाला चिन्तित भएका छन् । धेरैको ‘ज्यामारा’ बनेको र धेरैलाई ’थला‘ पारेको कोरोना ‘काल’लाई परास्त गर्न कुनै औषधि पता लागेको छैन् । खोप बनेपनि सबै नागरिक यसको पहुँचमा छैनन्, भने खोप पाउने सुनिश्चित भएको छैन् । यस्तो अवस्थामा कोरोनाको जोखिमबाट आफू र आफ्नो परिवार जोगाउन स्वास्थ्यकर्मीको सुझाव र प्रशासनले दिएको आदेश मान्नुको विकल्प छैन् ।

Shares

Be the first to comment on "दोलखामा निषेधाज्ञाको अवज्ञा हुँदा थपियो चुनौती"

Leave a comment

Your email address will not be published.


*