दोलखामा निर्वाचन कार्यालय जुट्यो निर्वाचनको तयारीमा

चरिकोट (दीस) – निर्वाचन कार्यालय दोलखाले जिल्ला भित्र रहेका मातादाता त्रुटी सच्याउन आग्रह गरेको छ । कार्यालयले शुक्रबार सुचना जारी गर्दैै २०७७ माघ १५ देखि २१ गतेसम्म निर्वाचन आयोगले देशभरका सबै स्थानीय तहका केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने बताएको छ । सोही कार्यक्रम अन्र्तगत मतादातालाई नामावली अद्यावधिक गर्न कार्यालयले अनुरोध गरेको हो । कार्यालयका अनुसार माघ १५ गते सम्बन्धित केन्द्रमा मतदाता नामावली प्रकाशन हुने जनाइएको छ । त्यसैगरी माघ १६ देखि १८ गते मतदाता नामावलीमा रहेको नाम वा विवरणमा रहेको त्रुटि सच्याउन, दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन सकिने जनाइएको छ । कसैले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा २०७७ माघ १६ र १७ मा उजुरी दिन सकिने पनि कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

Shares

Be the first to comment on "दोलखामा निर्वाचन कार्यालय जुट्यो निर्वाचनको तयारीमा"

Leave a comment

Your email address will not be published.


*