दोलखामा धान उत्पादन बढ्ने अनुमान

इश्वर बिश्वकर्मा चरिकोट, –दोलखामा गत बर्षको तुलनामा यो बर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको छ । पर्याप्त बर्षा भएको र कृषकहरुले समयमै धान रोपेकोले उत्पादन बढ्ने अनुमान गरिएको हो । गत वर्ष प्रतिहेक्टर २. ५ मेट्रिक टन धान उत्पादन हुने गरेको थियो । तर यो बर्ष करिब त्यो भन्दा बढि उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय दोलखाले जनाएको छ ।कोरोना कहरका कारण कतिपय मानिस गाउँ फर्किएका छन् । जसले गर्दा उनिहरु आफ्नै खेतबारीमा अन्न उत्पादन गर्ने तर्फ अग्रसर भएका छन् । धान उत्पादन हुने ठाउँमा धान बाली लगाएका थिए । अनुकुल मौसम भएकोले समयमै धान लगाइएको कारण उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र रामेछापका सम्पर्क कार्यालय दोलखाका कृषि प्रसार अधिकृत नन्दराज ओलीले बताए ।यो बर्ष विभिन्न स्थानीय तहमा धान उत्पादनको अवस्थाबारे जानकारी लिने तयारी भइरहेको उनले बताए । जिल्लाको भीमेश्वर, कालिञ्चोक, बैतेश्वर, जिरी, मेलुङ, तामाकोशी लगायतको पालिकाको तल्लो भुभागमा धान उत्पादन हुने गरेको छ । यो बर्ष राम्रोसँग पानी परेका कारण सिँचाइ सुविधा उपलब्ध नभएको क्षेत्रहरुमा पनि राम्रो धान फलेको छ । कार्तिक महिना लागेसँगै जिल्लाका अधिकांश क्षेत्रमा धान भित्र्याउने चटारो बढेको छ । कृषकहरु कोरोना छल्दै धान भित्राउन व्यस्त बनेका छन् ।

Shares

Be the first to comment on "दोलखामा धान उत्पादन बढ्ने अनुमान"

Leave a comment

Your email address will not be published.


*