दोलखामा धन्यवाद अभियान

इश्वर बिश्वकर्मा,चरिकोट
सुरक्षित र सहज रुपमा गन्तव्य सम्म पु¥याउने गाडी चालकलाई कमै मात्र यात्रुले  धन्यवाद दिन्छन् । लाग्दो भाडा तिरेकोले चालकलाई धन्यावाद दिने सोच यात्रुको मानसपटलमा कमै मात्र आउँछ । हुन त एउटा गाडीमा सवार यात्रुलाई सुरक्षित गन्तव्य सम्म पु¥याउनु चालक र सहचालकको पहिलो जिम्मेवारी र धर्म हो । तथापी पनि सुरक्षित रुपमा गन्तव्यमा पु¥याउने चालकलाई धन्यवाद दिँदा उनिहरुमा गौरव, सम्मान र जिम्मेवार बोध गराउँछ । जसले गर्दा दुर्घटना न्युनिकरणमा सहयोग पुग्छ । यहि कुरालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले धन्यवाद अभियान सञ्चालन गरिरहेको छ । कार्यालयका अनुसार अभियान केही साता अघिबाट सुभारम्भ गरिएको हो । सवारी साधनको यात्रा सुरक्षित, सहज बनाउनु र दुर्घटना न्युनिकरण गर्नु, यात्रु, चालक, ट्राफिक यातायत व्यवसायी सबैको चाहना हो । उक्त चाहनालाई साकार पार्ने उद्धेश्यका साथ धन्यवाद अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख एवं प्रहरी नायब निरिक्षक भानुभक्त नेपालले बताए । “यस अभियान अन्र्तगत यात्रुले चालकलाई धन्यवाद दिने हो । जबकी जुन् गाडीका चालकले यात्रुलाई सुरक्षाका साथ गन्तव्यमा पु¥याउँछन् ।” उनले भने “हामीले सुरु गरेको अभियानमा यात्रुहरुले साथ दिने छन् । अनि चालकले ट्राफिक नियमको पुर्ण रुपमा परिपालना गर्दै आफ्नो गाडीमा सवार सबै यात्रुलाई सुरक्षित र सहजताका साथ गन्तव्यमा पु¥याएर अभियानलाई सफल पार्ने छन् ।” उनले भने । धन्यवाद अभियानले सवारी चालक र यात्रु बिच एक–आपसमा सद्भाव बढ्नुको साथै चालकलाई स्व–अनुशासनमा सवारी साधन चलाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

Shares

Be the first to comment on "दोलखामा धन्यवाद अभियान"

Leave a comment

Your email address will not be published.


*