दोलखामा साँढे १५ हजार बालबालिकालाइ खोप लगाउने अभियान अधुरै

चरिकोट, चैत्र १०
दोलखामा दादुरा रुबेला बिरुद्धको खोप अभियानको चरण स्थगित भएको छ । कोभिड १९ अर्थात् कोरोना भाइरसको कारण जिल्लामा चैत्र १३ देखि २१ गतेसम्म हुने भनिएको दोस्रो चरणको खोप अभियान चैत्र मसान्तसम्मका लािग स्थगित भएको हो ।
दादुरा रुबेला निवारणका लागि चैत्र महिनामा अभियान सञ्चालन गरेको भएपनि कोरोनाको संक्रमणको सम्भावित जोखिम न्युनिकरणका लागि पुर्वतयारीमा जुट्नुपर्ने तथा भिडभाडका कारण हुन सक्ने जोखिम कम गर्न अभियान स्थगित गरिएको छ ।
दोस्रो चरण अन्र्तगत जिरी नगरपालिका, बैतेश्वतर, तामाकोशी, मेलुङ गाउँ पालिकामा दोस्रो चरण अन्तर्गत १३ देखि २१ गतेसम्म अभियान सञ्चालन गरिने सञ्चालन हुदैँ थियो ।
पहिलो चरणमा भीमेश्वर नगरपालिका, विगु, गौरीशंकर, शैलुङ र मेलुङ गाउँपालिकामा चैत्र २ देखि १० गते सम्म खोप अभियान सञ्चालन गरिसकिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले बताए ।
खोप अभियानमा २ सयभन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको र २ सय ९० भन्दा बढी खोप केन्द्र तोकिएको थियो
दादुरा रुबेला खोप अभियानमा १५ हजारभन्दा बढी बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाईने योजना स्वास्थ्य कार्यालय दोलखाको रहेको थियो ।

Shares

Be the first to comment on "दोलखामा साँढे १५ हजार बालबालिकालाइ खोप लगाउने अभियान अधुरै"

Leave a comment

Your email address will not be published.


*