दोलखामा दुग्ध सामग्रीको भाउ बढ्यो ,दही प्रति लिटरमा १० र दुध ६ रुपैयाँले मुल्य बृद्धी हुने

चरिकोट (दीस) – आइतबारबाट दोलखामा दुग्ध सामग्रीको मुल्य बृद्धी हुने भएको छ । फागुन १ गते देखी लागु हुने गरी मुल्य बृद्धी हुने दुग्ध उद्योग लिमिटेड दोलखाका प्रशासन प्रमुख प्रदिप शिवाकोटीले जानकारी दिनु भयो । सरकारले कच्चा दुधको भाउ बढाउने निर्णय गरेकोले सोही निर्णय अनुसार दोलखामा मुल्य बृद्धी भएको शिवाकोटीले बताउनु भयो । उहाँका अनुसार भोली देखी प्रति लिटर दहीको मुल्य १० रुपैयाँँ र दूध प्रतिलिटर ६ रुपैयाँले मुल्य बृद्धी भएको छ । ध्यु प्रति केजीमा २० रुपैयाँ र मखनमा प्रति केजी २५ रुपैयाँ भाउ बढ्को छ ।
                 भोली देखी यस्तो हुने छ, मुल्य ।

 

Shares

Be the first to comment on "दोलखामा दुग्ध सामग्रीको भाउ बढ्यो ,दही प्रति लिटरमा १० र दुध ६ रुपैयाँले मुल्य बृद्धी हुने"

Leave a comment

Your email address will not be published.


*