दोलखामा दुईसय प्राथमिक शिक्षक नियुक्ति हुँदै

चरिकोट(दीस) ः दोलखामा दुईसय जना प्राथमिक तहका स्थायी शिक्षकहरु नियुक्ति हुने भएका छन् । शिक्षक सेवा आयोगले लिएको लिखित तथा अन्तर्वातामा सफल भएका दुईसय जना शिक्षकहरु जिल्लाका विभिन्न स्थानीय तहहरुमा नियुक्ति हुने भएका हुन् ।
शिक्षक सेवा आयोगबाट सिफारिस भई आएका दुईसय जना प्राथमिक तहका शिक्षकहरुको स्थायी नियुक्ति प्रकृया सुरु भएको शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिनुभयो । चैत्र पाँच गते सम्म स्थानीय तह छनोटकोलागि निवेदन दिन सिफारिस भई आएकाहरुलाई सूचना गरिएको प्रमुख श्रेष्ठको भनाई रहेको छ । सिफारिस भएका कुल दुईसय शिक्षकहरुमा भीमेश्वर नगरपालिकामा १३, जिरी नगरपालिकामा १४, कालिञ्चोक गाउँपालिकामा ३२ र विगु गाउँपालिकामा ३३ जना नियुक्ति हुने छन् । यसैगरी गौरिशङ्कर गाउँपालिकामा २२, बैतेश्वर गाउँपालिकामा १३, तामाकोसी गउँपालिकामा १८, मेलुूङ गाउँपालिकामा २६ तथा शैलुङ गाउँपालिकामा २९ जना शिक्षकको नियक्ति हुने शिक्षा विकास तथा समन्वय इकाई दोलखाले बताएको छ । समन्वय इकाईले स्थानीय तहहरुमा नियुक्ति गरी पठाएका शिक्षकहरुलाई सम्बन्धित स्थानीय तहले स्थानीयतह भित्र रहेका विद्यालयहरुमा रिक्त दरवन्दीमा पदस्थापन गर्ने कानुनी ब्यवस्था रहेको छ ।

Shares

Be the first to comment on "दोलखामा दुईसय प्राथमिक शिक्षक नियुक्ति हुँदै"

Leave a comment

Your email address will not be published.


*