दोलखामा थप ६ जनामा कोरोना संक्रमण

चरिकोट (दीस) –दोलखामा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय दोलखाका अनुसार ११ जनाको स्वाब संकलन गरी पीसीआर टेष्ट गर्दा थप ६ जनामा आज कोरोना संक्रमण भएको हो । आज नै संक्रमित २ जनाले कोरोना जितेका छन् । हाल दोलखामा २० जना सक्रिय संक्रमित पुगेका छन् । दोलखामा कोरोना संक्रमण तिब्र गतिले फैलिएकोले सवाधानी अपनाउन पनि स्वास्थ्य कार्यालय दोलखाले अनुरोध गरेको छ । हाल सम्म दोलखामा ७२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा ५२ जनाले कोरोना जितेर घर फर्केका छन् ।

Shares

Be the first to comment on "दोलखामा थप ६ जनामा कोरोना संक्रमण"

Leave a comment

Your email address will not be published.


*