दोलखामा थप २ जनामा संक्रमण

चरिकोट(दीस) –दोलखामा थप २ जनामा कोरोना संक्रमण भएको छ । विगु गाउँपालिकाका थप २ जनामा कोरोना संक्रमण भएको हो । पालिकाका २४ जनामा गरिएको पिसिआर रिपोर्टमा २ जना पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।संक्रमित हुनेमा शिक्षक र चालक रहेको बिगु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशन्न दिप राईले जानकारी दिए । शिक्षक तराईबाट केही दिन अगाडि आएका र उनी पालिकाको क्वारेन्टाइनमा बसेको पनि राईले जानकारी दिए । चालक गौरीशंकर गाउँपालिका ठेगाना भएको पनि राईले जानकारी दिए । चालकको नजिकका ब्यक्तिको कन्ट्रायाक ट्रेसिङ गर्ने पनि उनले जानकारी दिए ।

Shares

Be the first to comment on "दोलखामा थप २ जनामा संक्रमण"

Leave a comment

Your email address will not be published.


*