दोलखामा थप सात जनामा कोरोना संक्रमण पुष्टि

चरिकोट (दीस) – दोलखामा थप सात जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय दोलखाका अनुसार ८ र १० गते चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट पीसीआर टेष्टका लागि पठाइएको ३५ जनाको स्वाब मध्ये ५ पुरूष र २ महिला गरि ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । बाँकि २८ जनको रिपोर्ट नेगेटिभ आएको पनि कार्यालयले जनाएको छ । ७ जनामा ४ जना नयाँ संक्रमित थपिएका छन् भने ३ जनामा पुन संक्रमण भएको छ ।

Shares

Be the first to comment on "दोलखामा थप सात जनामा कोरोना संक्रमण पुष्टि"

Leave a comment

Your email address will not be published.


*