दोलखामा थप कोरोना संक्रमण ११ जनामा पुष्टि

चरिकोट (दीस ) दोलखामा बिहीबार थप कोरोना संक्रमण ११ जनामा पुष्टि भएको छ । शैलुङ गाउँपालिका ११ जनामा संक्रमण भएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिए । उनका अनुसार मंगलबार गाउँपालिकाका शिक्षक र कर्मचारीसहित ४७ जनाको नमूना स्वाब संकलन गरी पिसिआर परीक्षणको लागी धुलिखेल पठाइएको थियो । आज प्राप्त रिपोर्टमा ४७ जनामध्ये ८ जना शिक्षक र ३ जना पालिकाका कर्मचारीमा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये १ जनालाई रुघाखोकीसहितको लक्षण देखा परेको छ । भने बाँकीको स्वास्थ्य अवस्था सामान्य रहेको गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ। उनिहरु सबै होम आइसोलेसनमा सुरक्षित भएर बसेका छन् ।

Shares

Be the first to comment on "दोलखामा थप कोरोना संक्रमण ११ जनामा पुष्टि"

Leave a comment

Your email address will not be published.


*