दोलखामा डोजरको बकेटबाट खसेको ढँगाले लागेर एक युवकको मृत्यु

दीक्षण समाचार
चरिकोट, बैशाख ३०
दोलखाको भीमेश्वर नगरपालिका–५ का एक युवकको डोजरको बकेटबाट खसेको ढुँगाले लागेर बिहीबार मृत्यु भएको छ । भीरमूनी टोलका २१ वर्षीय विजय श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । विसन्टोलनजिकै ४ सय केभी प्रसारण लाइनको टावरको लागि खाल्डो खन्ने क्रममा डोजरबाट खसेको ढुङ्गाले लागेर श्रेष्ठ घाइते हुनुभएको थियो । उहाँलाई उपचारको लागि चरिकोट ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको हो । डोजर र डोजर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा डोजरको बकेटबाट खसेको ढँगाले लागेर एक युवकको मृत्यु"

Leave a comment

Your email address will not be published.


*