दोलखामा डेङ्गुका पाँच संक्रमित फेला

चरिकोट(दीस)ः दोलखामा डेङ्गुका पाँच संक्रमित फेला परेका छन् । जिल्लाको पशुपति चौलागाई अस्पतालमा चारजना तथा दोलखा सामूदायिक अस्पतालमा एक जना संक्रमित फेला परेका हुन्
हालसम्म जिल्लामा पाँचजना संक्रमित फेला परेको स्वास्थ्य कार्यालय दोलखाका ल्याब अधिकृत योगिता खनालले जानकारी दिनुभयो । संक्रमितहरुको अवस्था सामान्य रहेको उहाँको भनाई छ । दोलखामा पनि संक्रमित देखिएकोले सर्वसाधारणलाई सजगता अपनाई लामखुट्टेको टोकाईबाट बच्न स्वास्थ्य कार्यालय दोलखाले आग्रह गरेको छ ।

Shares

Be the first to comment on "दोलखामा डेङ्गुका पाँच संक्रमित फेला"

Leave a comment

Your email address will not be published.


*