दोलखामा टिपर दुर्घटना, चालकको मृत्यु

चरिकोट : दोलखाको कालिञ्चोक गाउँपालिका–९, सुन्द्रावतीमा गए राति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गएराति करिब १२ बजे बा ४ ख ४७४४ नम्बरको टिपर दुर्घटना हुँदा भीमेश्वर नगरपालिका–१,  सुस्पाक्षमावतीका २९ वर्षिय चालक अशोक कुमार थामीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका थामीको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार हुन नसकी बुधबार बिहान २ बजे धुलिखेल अस्पताल लैजाने क्रममा बाटोमै बिहान साढे ५ बजे मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता रेशम बोहोराले जानकारी दिए।

सिंगटी बजारबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको टिपर आफैं अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। सो टिपरमा चालक थामी मात्रै सवार रहेको प्रहरीले जनाएको छ।

Shares

Be the first to comment on "दोलखामा टिपर दुर्घटना, चालकको मृत्यु"

Leave a comment

Your email address will not be published.


*