दोलखामा जोन्सोन खोप अभियान सकियो

चरिकोट, (दीस) – दोलखामा कोभिड १९ लाई परास्त गर्ने अभियान स्वरुप स्वास्थ्य मापदण्डसगैँ धमाधम सुई लगाइने काम जारी छ । हालसम्म कोभिसिल्ड, भेरोसिल र जोन्सन एण्ड जोन्सन गरी तीन प्रकारका सुई लगाइएको छ । पछिल्लो अवधीमा जोन्सन एण्ड जोन्सन सुई अभियानको रुपमा समापन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो सुई जिल्लाका नौ वटै पालिकामा लगाइएको छ । कार्यालयका अनुसार छुटेका स्वास्थ्यकर्मी, ५० देखि ५४ वर्ष उमेर समुहका नागरिक तथा पुर्ण रुपमा अपाङ्गता भएका नागरिकलाई यो सुई दिइएको हो । साउन आठ गतेदेखि १५ गतेसम्म सञ्चालन गरिएको अभियानमा आठ हजार ४ सय ९४ जनाले खोप लाउन पाएका छन् । जोन्सन एण्ड जोन्सन एक डोज मात्र लगाए पुर्ण हुने खोप हो । बैतेश्वर गाउँपालिकामा नौ सय ७५, बिगु गाउँपालिकामा दुई सय, भिमेस्वर नपामा दुई हजार २ सय ८७ जना र जिरी नगरपालिकामा आठ सय ९३ जनाले लगाएका छन् । त्यसैगरी तामाकोशि गाउँपालिकाका एक हजार २५, गौरिशकर गाउँपालिकाका एक सय ९३, शैलुङ एक हजार, मेलुङ गापामा सात सय ९४ र कालिन्चोक गापामा एक हजार एक सय २३ जनाले खोप लाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा जोन्सोन खोप अभियान सकियो"

Leave a comment

Your email address will not be published.


*