दोलखामा जिल्ला स्तरीय चेस प्रतियोगिता सुरु

कबिराज थामी÷चरिकोट, माघ ८–दोलखाको सदरमुकाम चरिकोटमा सातौँ दोलखा जिल्ला स्तरीय खुल्ला तथा बिद्यालय स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिता बुधबारबाट सुरु भएको छ । दोलखा बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगिताको उद्धघाटन भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसीले गरेका थिए । खेलाडी प्राविधिक तथा प्रशिक्षकहरुलाई अनुबन्धित गरेर नियमित प्रशिक्षण गर्ने भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसीले बताए । प्रतियोगिताले खेलाडीहरुको मनोवल बड्ने, र खेलाडीहरुले उच्च स्थान पाउने उनले बताए ।
खुल्लामा २३ जना तथा विद्यालय स्तरमा सय भन्दा बढी सहभागिले प्रतियोगितामा भाग लिएका छन । प्रथम हुने खेलाडीलाई १५ हजार, दोस्रोलाई १२ हजार ५ सय, तृतियलाई १० हजार, तथा टप दश जनाले पुरुस्कार पाउने दोलखा जिल्ला बुद्धिचाल संघका अध्यक्ष राजिव कार्कीले बताए ।
उद्धघाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष रोहित खड्का, दोलखा फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठ दोलखा चेम्बर अफ कर्मशका महासचिव पान्डबसिंह पाण्डे लगायतले आफ्नो मन्तव्य ब्यक्त गरेका थिए । प्रतियोगिता ३ दिनसम्म चल्ने जनाइएको छ ।

Shares

Be the first to comment on "दोलखामा जिल्ला स्तरीय चेस प्रतियोगिता सुरु"

Leave a comment

Your email address will not be published.


*