दोलखामा जिल्ला समन्वय समितिको मतदान सम्पन्न, मतगणना सुरु हुँदै


ईश्वर बिश्वकर्मा
चरिकोट, असार १
दोलखामा जिल्ला समन्वय समितिको गठनका लागि मतदान सम्पन्न भएको छ । बुधबार बिहान १० बजेदेखि सुरु भएको मतदानमा नौ वटा पालिकाका अध्यक्ष एवं प्रमुख र उपाध्यक्ष एवं उपप्रमुख सहभागी भई मतदान गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले मतदान सकिएको र अब मतगणनाको तयारी भएको जानकारी दिनुभयो । जिसस निर्वाचनका लागि तीन दलीय गठबन्धनसँग एमाले एक्लै प्रतिस्पर्धामा रहेको छ । गठबन्धन दलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीसँगै रहेका छन् । जिससको प्रमुखका लागि एमालेका तर्फबाट ऋषिकेश उप्रेती र गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका बर्जुराम घतानी उम्मेदवार बन्नुभएको छ । त्यसैगरी उपप्रमुख तर्फ नेकपा एमालेबाट गोमा केसी, गठबन्धन तर्फ समाजवादीका दोर्जी शेर्पा र स्वतन्त्र उम्मेदवार नानीकाजी तामाङ प्रतिस्पर्धामा हुनुहुन्छ ।

Shares

Be the first to comment on "दोलखामा जिल्ला समन्वय समितिको मतदान सम्पन्न, मतगणना सुरु हुँदै"

Leave a comment

Your email address will not be published.


*