दोलखामा चोरीको घटना बढ्यो

चरिकोट–चरिकोटका कोठा छ भने सजग रहनुहोस । नत्र तपाई पनि चोरको सिकारमा पर्न सक्नु होला । दोलखा प्रहरीलाई समेत चोरले चुनौती नै दिएको छ । दोलखामा प्राय दिउँसो हुने चोरी चरिकोटका स्थानीय अहिले तनाब बोक्दै आएका छन । बिहिबार मात्र चरिकोटको भु–संरक्षणसगै रहेको सुनिल चौलागााईको घर दिउँसो चार वटा कोठाको ताला फुटाई चोरी भएको छ । त्यसैगरी हप्ता मात्र आइतवार बसपार्क नजिकको घरमा चोरले दिउँसो समयमा चोरले लाखौ बराबरको नगद तथा सुन लगेको थियो । यो त दोलखा पछिल्लो चोरी घटना हो । चोरले अहिले संगठित तरिकाले सुन र नगदमा निसाना बनाएका छन । यो साता मात्र दोलखामा २ वटा चोरी भएको प्रहरी बताएको छ । २ वर्ष देखी प्रहरी तथ्याङक अनुसार दोलखामा ६३ वटा चोरीको उजुरी परेको छ । जसमा प्रहरी १७ वटा चोरीका घट्नामा प्रमाणको आधारमा मुद्धा चलाएको बताएको छ । चोरीको घटनामा दोलखा प्रहरीले पछिल्लो समय ठुलो सफलता पाउन सकेको छैन । अन्य प्रकारको अपराध नियन्त्रयण सफल दोलखा प्रहरीलाई चोरी नियन्त्रण कठिन जस्तै भएको तथ्याङकले देखाएको छ ।
चोरको निसाना दिउँसो
चरिकोटमा हुने अधिकांस चोरी दिउँसोको समयमा हुने गरेको छ । चोरले अधिकांस चोरीमा सुन र नगदलाई निसाना बनाएका छन । चौलागाईको घर पनि अरु चोरी जस्तै दिउँसो भएको छ । यो साता मात्र दिउँसोको समयमा दोलखामा २ वटा चोरी भएको प्रहरी बताएको छ ।
चोरको निसाना सुन र नगद मात्र
सवै चोरीमा सुनले र नगदमा उनीहरुले निसाना बनाउका छन । बिहिबार नविन नेपालीको कोठा बाट चोर २ तोला सुन र नगद ३० हजार रुपैया लगेका छन । उनको कोठामा ल्याप्ट भए पनि चोरले त्यसलाई केही नगरेको उनले बताए । त्यसैगरी फागुनमा आफ्नै घरवाट चोरले ७ तोला सुन तथा अन्य रकम चोरेको निरकुमार पकवालले बताए । चोरले सुन र नगदमा निसाना ्वनाएको पकवालले बताए ।
प्रहरी प्रमुख भन्छन –छिटै नियन्त्रण गर्छौ
दोलखामा भर्खर मात्र प्रहरी प्रमुख भएर आएका प्रहरी नावय उपरिक्षक बासुदेव पाठकले आफुले नयाँ योजना बनाएर लाग्ने बताए । त्यसैगरी चोरी घटना रोक्न आफुले योजना बनाएर लाग्ने पाठकको भनाई रहेको छ । उनले सवै साबाधानी अपनाउन पाठकले अनुरोध गरे । अपराधमुक्त समाज बनाउन यस्ता घटनाले चूनौती दिएकोले दोलखा प्रहरी सचेत रहेको उनको भनाई रहेको छ । प्रहरीले चोरी नियन्त्रण बिशेष टोली बनाएर परिचान गरेको र त्यसले छिटै सफलता पाउने पाठकले दाबी गरे ।

Shares

Be the first to comment on "दोलखामा चोरीको घटना बढ्यो"

Leave a comment

Your email address will not be published.


*