दोलखामा चालु आर्थिक बर्षमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

चरिकोट (दीस) ः दोलखामा चालु आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । साउनदेखि आइतबार सो दुर्घटनामा परी तीन जनाको मृत्यु भएको हो  । सो अवधिमा दुर्घटनामा परी ५२ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्टराईका अनुसार दुर्घटनामा २ जना महिला र १ जना पुरुषको मृत्यु भएको छ । त्यस्तै, ३ महिला र ३ पुरुष गम्भीर घाइते भएका छन् भने १० जना महिला, १८ जना पुरुष, ३ जना बालिका, ५ जना बालक सामान्य घाइते भएका छन् ।
प्रहरीले चालु आर्थिक वर्षमा ११ लाख १८ हजार ५ सय रूपैयाँ राजस्व संकलन गरेको छ । प्रहरीले हालसम्म १२ सय ७१ सवारी साधनलाई कारवाही गरेको छ । साउनमा ३ सय ५१, भदौमा २ सय ७४, असोजमा २ सय ६७ र कात्तिकमा ३ सय २५ सवारी कारवाहीमा परेको प्रमुख भट्टराईले जानकारी दिनुभएको छ । त्यसैगरी जनचेतना मुलुक कार्यंक्रम २ सय ४२ वटा गरिएको र २१ हजार ९५ जना लाभान्वित भएको उहाँको भनाई रहेको छ ।

 

Shares

Be the first to comment on "दोलखामा चालु आर्थिक बर्षमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*