दोलखामा चाडपर्वमा यस्तो छ सुरक्षा योजना

इश्वर बिश्वकर्मा/ चरिकोट, –जिल्ला प्रहरी कार्यालय दोलखाले हिन्दु धर्मालम्बीहरुको महान चाड दशैँतिहार  लक्षित सुरक्षा योजना लागू गरेको छ । चाडपर्व हुन सक्ने चोरीडकैती, लुटपाट, झैझगडा, तस्करी, सवारी दुर्घटना, कालाबजारी, हिंसात्मक घटना लगायतका अपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा योजना बनाएर लागू गरिएको हो ।

चाडपर्वको समयमा अपराधिक घटना हुने गर्दछ । यस्तो घटना हुनै नदिनको लागि प्रहरी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो “जिल्लामा प्रहरी जनशक्ति थपिएका छन् । विषेशगरी चोरी र मापसेबाट हुन सक्ने झैझगडाको कुरालाई ध्यानमा दिएर सुरक्षा योजना तयार पारेका छौँ ।”

जिल्लामा दरबन्दी अनुसारको प्रहरी अपुग छ । जसले गर्दा शान्ती सुरक्षा र अमनचयन कायम राख्न चुनौती थियो । तर अहिले ४० जना प्रहरी जनशक्ति थपिएर दुई सय ६८ जना खटिएका छन् । प्रहरी युनीटहरुमा प्रहरी जनशक्ति परिचालित भइसकेका छन् । यसले चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा सहज भएको प्रहरी निरीक्षक कोइरालाले बताउनुभयो ।

चाडपर्व अवधीभर प्रहरीले घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ३ र ६ अन्तर्गतको बजार क्षेत्रमा महिला प्रहरी र पुरष प्रहरी परिचालन भएर घरदैलो कार्यक्रम गर्ने भएको हो । यस कार्यक्रम अन्तर्गत प्रहरीले घरघरमा चोरीडकैती हुनबाट जोगिन अपनाउनुपर्ने उपायबारे जानकारी दिने उहाँले बताउनुभयो । यातायातका साधनमा ठगी तथा दुव्र्यवहारको घटना न्यूनीकरणको लागि चार स्थानमा यात्री सहायता कक्षा स्थापना गरिएको छ । प्रहरी निरीक्षक कोइरालाका अनुसार जिल्ला भित्रिने मुख्य नाका किर्ने र खरिढुंगामा यात्री सहयाता कक्ष रहेको छ । त्यसैगरी चरिकोटको सातदोबाटो र उत्तरी क्षेत्रमा अवस्थित सिंगटी बजारमा यात्री सहायता कक्ष स्थापना गरिएको छ । चाडबाडको मौका पारी यात्रुसँग तोकिएभन्दा अतिरिक्त भाडा लिने, दुव्र्यवहार गर्ने, यात्रुलाई तानातान गर्ने तथा गन्तव्यसम्म नपु¥याउने लगायतका गतिविधि रोक्न यात्री सहायता कक्ष स्थापना गरिएको बताइएको छ । सो कक्षमा यात्रुले यात्राको क्रममा भएको समस्याको बारेमा जानकारी दिन सक्ने छन् । त्यसपछि प्रहरीले समस्या समाधान तथा चालक तथा सहचालकलाई कारबाहीको प्रक्रिया अघि बढाउने छन् ।

Shares

Be the first to comment on "दोलखामा चाडपर्वमा यस्तो छ सुरक्षा योजना"

Leave a comment

Your email address will not be published.


*