दोलखामा चल्न थाल्यो बिजुली गाडी

दीक्षण समाचार

चरिकोट, असोज १५

दोलखामा अभयपुर यातायात कम्पनीले विद्युतीय गाडी सञ्चालन गर्न थालेको छ । वातावरणीय दृष्टिकोणले उपयुक्त मानिएको दुई वटा विद्युतीय गाडी परीक्षणको रुपमा सञ्चालनमा ल्याइएको हो । पेट्रोलबाट चल्ने गाडीको विकल्पमा विद्युत चार्ज मार्फत सञ्चालन हुने गाडी प्रदुषण रहित हुने भएकोले सो गाडी सञ्चालनमा ल्याइएको कम्पनीका रबिन श्रेष्ठले बताउनु भयो ।‌ देशभर चर्चा चलिरहेको बेला जिल्लामा लामो समयपछि विद्युतीय गाडी भित्रिएको हो । ” सार्वजनिक यातायातको रुपमा विद्युतबाट चल्ने माइक्रोबस चलाउन थालिएको छ। निकट भविष्यमै अन्यत्र जिल्लामा समेत यात्रुको सेवाका लागि यो गाडी गुडाइने छ ।” उहाँले भन्नुभयो ” पेट्रोलियम पदार्थले चल्ने गाडीले प्रदूषण गर्छ । तर विद्युतीय गाडी प्रदुषण रहित हुन्छ। त्यसैले यो गाडी सञ्चालनमा ल्याएको हुँ ।” उहाँका अनुसार घरको लाइनबाट गाडीको ब्याट्री चार्ज पूर्ण हुन पाँच घण्टा लाग्छ। फुल चार्ज भएपछि २ सय ५० किलोमिटर सम्म सञ्चालन हुन्छ। “घरको लाइनबाट चार्ज गर्दा ढिलो हुन्छ । फास्ट चार्जिङको लागि ठाउँठाउँमा स्टेशन भए सहज हुने थियो । रबिनले भन्नुभयो। “जिल्लामा औंलामा गन्न सकिने संख्यामा विद्युतीय गाडी परीक्षणकै रुपमा सञ्चालनमा छ ।‌ तर सबैको सहयोग प्राप्त भए सहज हुने थियो ।” परिवर्तनशील समयमा नवीनत्तम प्रविधिको विकाससँगै पुरानाे चिज र प्रविधिको विस्थापन भइरहेको छ । सोही क्रममा शताब्दीपछि विद्युतीय गाडीमो विकास र विस्तारसँगै नेपालमा पनि सञ्चालनमा आएको छ। दोलखामा पनि यसको प्रयोगका लागि परीक्षणको रुपमा सञ्चालन हुन थालेको हो । नौलो र नयाँ प्रविधिमा आधारित गाडी सञ्चालन भएपछि जिल्लामा उत्साह छाएको छ। यातायात व्यवसायीहरुले सरकारबाट सहयोगको अपेक्षा गरेका छन् ।

Shares

Be the first to comment on "दोलखामा चल्न थाल्यो बिजुली गाडी"

Leave a comment

Your email address will not be published.


*