दोलखामा गत वर्ष साँढे ६ लाख काठ क्यूफिट उत्पादन

दीक्षण समााचार
चरिकोट, २१ असोज
दोलखाभर आर्थिक वर्ष २०७४।७५ मा ६ लाख ४८ हजार क्यूफिट काठ उत्पादन तथा विक्रि भएको छ । उत्पादन भएका काठ मध्ये झण्डै २ तिहाइ काठ सामुदायिक वनबाट निकालिएको छ ।
साविकको जिल्ला बन कार्यालय दोलखाले आर्थिक वर्ष २०७४। ७५ मा सञ्चालन गरेका कार्यक्रम तथा प्रगतिका बारेमा डिभिजन वन प्रमुख गोविन्द दाहालले उक्त जानकारी दिएका हुन् । उनका अनुसार सामुदायिक वनबाट ३ लाख ५० हजार र निजी क्षेत्रबाट २ लाख ९८ हजार क्यूफिट काठ उत्पादन तथा निकारी भएको जानकारी दिए । निजी क्षेत्रबाट उत्पादित काठबापत ४१ लाख ५२ हजार रुपैया राजश्व समेत संकलन गरेको छ ।
साविक जिल्ला बन कार्यालय र मातहातबाट अघिल्लो आर्थिक वर्षमा ८० हजार विरुवा उत्पादन तथा वितरण भएको छ । जुन २०.४६ हेक्टर क्षेत्रका विभिन्न सामुदायिक वनमा वृक्षारोपन समेत भएको छ । डिभिजन वन कार्यालय दोलखा अन्र्तगत ३८४ वटा सामुदायिक वन उपभोक्ता सूमूह रहेका छन् । गत आर्थिक वर्ष ४ वटा नयाँ हस्तान्तरण समेत भएका छन् । त्यसैगरी कबुलियती वन समूह १८५ वटा, निजी वन २७ वटा र धार्मिक वन समूह २ वटा गठन तथा हस्तान्तरण भएका छन् ।
हिमाली क्षेत्रमा पहिलो पटक दोलखामा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु भएका छन् । भीमेश्वर नगरपालिका वडा नं. ६ मा रहेको खोरथली सामुदायिक वनबाट यसको सुरुवात भएको छ । गत वर्ष विगतका तुलनामा वनक्षेत्रमा आगलागी ६० प्रतिशत नियन्त्रण गर्न सफल भएको समेत दाबी गरे ।
वत आर्थिक वर्षमा आयआर्जन तथा वन उद्यम विकासमा समेत सहयोग पु¥याएको छ । दोलखामा लघु तथा काष्ठजन्य उद्योगहरु १३५ वटा दर्ता भए तापनि २५ वटा सःमिल र ७० वटा फर्निचर र तेल उद्योग सञ्चालनमा रहेको जानकारी दिए । दोलखा जिल्लाभर १० हजार ५ सय लोठसल्ला र ८० जार चिराइतोको बिरुवा समेत रोपेको जानकारी दिए ।
गोविन्द दाहाल दोलखामा १६ महिना जिल्ला वन अधिकृतको रुपमा बसेर काम गरे । उनले आफ्नो कार्यकालमा भएका प्रगतिका बारेमा समिक्षा कार्यक्रम नै आयोजना गरे । अहिले उनको ४ नं. प्रदेशमा सरुवा भएको छ । सार्वजनिक जग्गा अतिक्रमणलाई रोक्नका लागि लामो समयदेखि भूमिका खेल्दै आएका दाहालको सरुवामा वन अतिक्रमणकारीहरुको भूमिका समेत हुन सक्ने वन क्षेत्र स्रोतले आशंका गरेका छन् । जिल्ला वन कार्यालयको प्रमुख हुनु अघि दोलखामै दाहाल सहायक जिल्ला वन अधिकृत थिए ।

Shares

Be the first to comment on "दोलखामा गत वर्ष साँढे ६ लाख काठ क्यूफिट उत्पादन"

Leave a comment

Your email address will not be published.


*