दोलखामा क्वारेन्टाइनको बसाइपछि ८ सयभन्दा बढी फर्किए घर

ईश्वर बिश्वकर्मा
चरिकोट, असार २३
दोलखामा हालसम्म ८ सय भन्दा बढी मानिसहरु क्वारेन्टाइनको बसाइपछि घर फर्किएका छन् ।
बाहिरी जिल्ला र अन्य देशबाट जिल्ला भित्रीइ क्वारेन्टाइनमा मापदण्ड अनुसार १४ दिन बसि ८ सय २४ जना घर फर्किएका हुन् ।
जसमध्ये ७५ महिला र ७ सय ४९ पुरुष क्वारेन्टाइनमा बसी होम क्वारेन्टाइनमा सुरक्षित भएर बस्ने सर्त सहित फर्किएका स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
फर्किएका व्यक्तिहरुको आरडिटी र कतिपयको पिसिआर टेष्ट गरिएको थियो । उनिहरुलाई कोरोना भाइरसको संक्रमण नदेखिएपछि क्वारेन्टाइनबाट घर फर्काइएको कार्यालयले जनाएको छ ।
९४ महिला र ७ सय ७३ जना पुरुष गरि जिल्लामा ८ सय ६७ जना भित्रिएका थिए ।
मंगलबार सम्म १ हजार ६ सय २८ जनाको आरडिटी टेष्ट गरिएको छ । त्यसैगरि २ सय ९९ जनाको पिसिआर टेष्ट गरिएको कार्यालयका कोरोना फोकल पर्सन बासुदेव अधिकारीले बताए ।
४ जना महिला र ३९ जना पुरुष गरि ४३ जना क्वारेन्टाइनमा रहेका छन् । तिन जनाको स्वाब संकलन गरि पिसिआर टेष्टका लागि  पठाइएकोमा उनिहरुको रिपोर्ट आउन बाँकी रहेको उनले बताए । जिल्लामा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

Shares

Be the first to comment on "दोलखामा क्वारेन्टाइनको बसाइपछि ८ सयभन्दा बढी फर्किए घर"

Leave a comment

Your email address will not be published.


*