दोलखामा कोरोना संक्रमित बृद्धको सम्पर्कमा रहेका २५ जनाको रिपोर्ट नेगेटिभ

चरिकोट (दीस) –दोलखबाट पठाइएको २५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर २ का एक बृद्धलाई बिहिबार कोरोना संक्रमण भएपछि उनीसँग सम्पर्कमा आएका २५ जनाको स्वाब संङलन गरि गरिएको पिसिआर टेष्टमा आज रिपोर्ट नेगेटिभ आएको छ । धुलिखेल अस्पतालमा गरिएको टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आएको कोरोना रोकथाम बिपद व्यबस्थापन समिति दोलखाका प्रबक्ता बिभु कुमार झाले जानकारी दिए ।कोरोना संक्रमण भएका बृद्धको दोलखाको गौरीशंकर सामुदायिक अस्पतालमामा उपचार क्रममा कोरोना संक्रमण सँग मिल्दोजुल्दो लक्षण देखा परेपछि जेष्ठ ११ गते थप उपचारको लागि काठमाडौ रिर्फर गरिएकोमा उनको पिसिआर टेष्टमा रिपोर्ट पोजेटिभ आएको थियो । उनको रिपोर्ट पोजटिभ आएसँगै उनको सम्पर्कमा रहेका तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी को पिसिआर टेष्टको लागि दोलखाबाट स्वाब संकलन गरेर पठाइएको थियो । उनको हाल काठमाडौको टिचिङ अस्पतालमा उपचार भइराखेको छ ।

Shares

Be the first to comment on "दोलखामा कोरोना संक्रमित बृद्धको सम्पर्कमा रहेका २५ जनाको रिपोर्ट नेगेटिभ"

Leave a comment

Your email address will not be published.


*