दोलखामा कोरोना संक्रमण समुदाय स्तरमा तिब्र गतिमा बढ्दो ः आज एकै दिन ७७ जनामा संक्रमण

चरिकोट (दीस) – दोलखामा कोरोना संक्रमण समुदाय स्तरमा तिब्र गतिमा फैलिएको छ । अहिले दोलखाका ९ वटै स्थानीय तहमा संक्रमण फैलिसकेको छ । दोलखामा सोमबार ७७ जना नयाँ सक्रमित थपिएसँगै सक्रिय सक्रमितकाे सँख्या ५ सय १७ जना पुगेका छन्  । स्वास्थ्य कार्यालय दोलखाका अनुसार सोमबार २ सय १८ जनाको पीसीआर टेष्ट गर्दा ७७ जनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि हुनेमा सबै भन्दा बढी दोलखाको तामाकोशी गाउँपालिकाका रहेका छन् । सो पालिकामा आज एकैदिन १७ जना पुरुष र १३ जना महिला गरि ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।भीमेश्वर नगरपालिकाका ११ जना पुरुष र २ जना महिला गरी १३ जना, विगु गाउँपालिकाका एक जना पुरुष र २ जना महिला गरि ३ जना, बैतेश्वर गाउँपालिकाका ६ जना पुरुष र ७ जना महिला गरी १३ जना, मेलुङ गाउँपालिकाका १ जना पुरुष, कालिञ्चोक गाउँपालिकाका ३ जना पुरुष र ३ जना महिला गरी ६ जना, जिरी नगरपालिकाका ९ पुरुष र ३ महिला गरि १२ जना, शैलुङ गाउँपालिकाका १ जना महिलाको रिर्पोट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । आज संक्रमण पुष्टि भएका ७७ जना होम आइसोलेशनमा बसिरहेको कार्यालयले बताएको छ ।
१५ जनाले कोरोना संक्रमणलाई जिते
आज दोलखामा १५ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमण मुक्त हुनेमा शैलुङ गाउँपालिकाका ४ जना,तामाकोशी गाउँपालिकाबाट ४ जना र विगु गाउँपालिकाबाट ७ जना रहेको कार्यालयले जनाएको छ । दोलखामा कोरोना संक्रमित मध्ये ३० जना चरिकोट अस्पतालमा उपचाररत रहेका छन् । ९ जनालाई थप उपचारका लागि सुबिधा सम्पन्न अस्पतालमा रिफर गरिएको छ ।

Shares

Be the first to comment on "दोलखामा कोरोना संक्रमण समुदाय स्तरमा तिब्र गतिमा बढ्दो ः आज एकै दिन ७७ जनामा संक्रमण"

Leave a comment

Your email address will not be published.


*