दोलखामा कोरोना संक्रमण घट्दै

दीक्षण समाचार
चरिकोट, फागुन ४
दोलखामा पछिल्लो समयमा कोरोना संक्रमण घट्न थालेको छ । यसअघि संक्रमण भएकाहरु धमाधम मुक्त हुन थालेका छन्, भने नयाँ संक्रमित हुनेहरुको संख्या पनि घट्दो क्रममा छ । केही साता यता दोलखामा संक्रमण ओरालो लागिरहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । बुधबार ६ जनामा संक्रमण पुष्टि भएको छ, भने ४८ जना संक्रमण मुक्त भएका छन् । पालिकाहरुमा ७ जनाको एन्टिजेन परिक्षण गरिएकोमा ६ जना नयाँ सक्रमित थपिएका स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा भिमेश्वर नगरपालिकामा १ पुरुष, तामाकोशी गाउँपालिकामा १ परुष, जिरी नगरपालिकामा २ महिला, वैतेश्वर गाउँपालिकामा १ पुरुष १ महिला रहेका छन्। त्यसैगरी संक्रमण मुक्त हुनेहरुमा भिमेश्वर नगरपालिकामा १५ पुरुष २५ महिला, विगु गाउँपालिकामा १ महला, गौरीशकर गाउँपालिकामा ३ पुरुष १ महला, तामाकोशी २ जना महिला रहेका छन्। जिल्लामा सक्रिय संक्रमित २० पुरुष र २६ महिला गरी ४६ जना रहेका छन् । उनीहरु सबै होम आइसोलेसनमा रहेका छन् । पहिलो र दोस्रो लहरको कोरोना संक्रमणबाट नराम्ररी प्रभावित बनेको दोलखाले तेस्रो लहरमा ठूलो चुनौतीको सामना गर्नु परेको छैन । यस अघिका लहरमा अस्पतालहरुमा कोरोना संक्रमित सिकिस्त बिरामीको भीड भएको थियो । तर अहिले त्यस्तो अवस्था हालसम्म आएको छैन् । केही बिरामी अस्पताल भर्ना भएपनि जटिल प्रकारको समस्या देखिएको थिएन । यसअघिको लहरमा १३ जनाले कोरोनाकै कारण ज्यान गुमाए । तर तेस्रो लहरमा भने कोहीकसैले पनि मृत्यु हुन परेन । खोपको प्रभाव र तेस्रो लहरमा देखिएको कोरोना कमजोर भएकोले सिकिस्त बिरामी हुने अवस्था कम रहेको स्वास्थ्य कार्यालय प्रमुख अर्जुन पौडेलले बताउनुभयो ।

Shares

Be the first to comment on "दोलखामा कोरोना संक्रमण घट्दै"

Leave a comment

Your email address will not be published.


*