दोलखामा कोरोना विरुद्ध लडाइँः दोस्रो चरणकाे खोप अभियान शुभारम्भ हुदैँ

इश्वर बिश्वकर्मा
चरिकोट, फागुन २
दोलखामा कोभिड १९ विरुद्ध दोस्रो चरणको खोप अभियान आइतबारदेखि शुभारम्भ हुदैँ छ ।
नेपाल सरकारको निर्णय अनुसार फागुन २ देखि ८ गतेसम्म लक्षित व्यक्तिलाई कोभिड बिरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
आईतबार अर्थात् फागुन २ गते बिहान १० बजे देखि पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी लगायतका ब्यक्तिहरु, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु, निजामती सेवामा कार्यरत कर्मचारीहरुलाई खोप लगाईने स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले बताए । यस्तै प्राधिकरण तथा संस्थानमा कार्यरत कर्मचारीहरु, न्याय सेवा समुहका कर्मचारी, सञ्चारकर्मीहरु,  बैँक तथा वित्तिय स‌ँस्थाका कर्मचारी, बाेर्डरमा खटिने शसस्त्र प्रहरी, जिल्ला प्रशासन कार्यालयबाट प्राप्त सूचीमा परेका ब्यक्तिहरुलाई लक्षित गरिएको कार्यालय प्रमुख झाले बताए ।
थपियो खोप केन्द्र
पहिलो चरणको खोप अभियानमा जिल्लाको भीमेश्वर नगरपालिकामा अवस्थित चरिकोट अस्पताल र जिरी नगरपालिकामा अवस्थित जिरी अस्पताललाई कोभिड १९ विरुद्धको खोप केन्द्र तोकिएको थियो । सोहि खोप केन्द्रबाट खोप लगाइएको थियो । दोस्रो चरणमा भने जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित सिंगटी बजारमा रहेको सिंगटी प्राथमिक अस्पताललाई पनि कोभिड १९ विरुद्धको खोप केन्द्र तोकिएको छ । सबै गाउँपालिकालाई पायक पर्ने गरि खोप केन्द्र तोकिएका कारण लक्षित व्यक्तिले लक्ष्य लिए अनुसार नै खोप लगाउने विश्वास गरिएको छ । आइतबारदेखि शुभारम्भ हुने खोप अभियान अन्तर्गत चरिकोट अस्पतालको खोप केन्द्रमा ४ वटा पालिकाका लक्षित व्यक्तिलाई खोप लगाइने भएको छ । जसमा आईतबार फागुन २ र ३ गते भीमेश्वर नगरपालिका, ४ गते तामाकोशी, ५ गते मेलुङ, ६ गते शैलुङ गाउँपालिका र छुटेकाहरुलाई ७ र ८ गते गरी लक्षित व्यक्तिलाई चरिकोट अस्पतालमा खोप लगाइने छ । ३ र ४ गते जिरी नगरपालिका, ५ र ६ गते बैतेश्वर गाउँपालिका र छुटेकाहरुलाई ७  गते जिरी अस्पताल खोप केन्द्रबाट खोप लगाउने कार्यक्रम तय गरिएको छ । ३ गते विगु, ४ र ५ गते कालिञ्चोक, ६ गते गौरीशंकर गाउँपालिका ७ र ८ गते छुटेका व्यक्तिहरुलाई सिंगटी प्राथमिक अस्पताल स्थित खोप केन्द्रमा खोप अभियान सञ्चालन गरिने कार्यालयले जनाएको छ । लक्षित समुहमा परेका व्यत्तिहरुले खोप लगाउन आउँदा पहिचान खुल्ने परिचयपत्र अनिवार्य ल्याउन र तोकिएको अवधी भित्र खोप लगाउन कार्यलयले आग्रह गरेको छ ।

Shares

Be the first to comment on "दोलखामा कोरोना विरुद्ध लडाइँः दोस्रो चरणकाे खोप अभियान शुभारम्भ हुदैँ"

Leave a comment

Your email address will not be published.


*