दोलखामा कोरोना भाईरस संक्रमण पत्ता लगाउने ¥यापिड टेष्ट कीट जिल्ला आइपुग्यो

चरिकोट (दीस) ؘ– कोरोना भाईरस संक्रमण पत्ता लगाउने ¥यापिड टेष्ट कीट दोलखा आइपुगेको छ । कोरोना भाईरस संक्रमण हुन नदिन क्वारेन्टाइनमा राखिएका र विदेशबाट आएकाहरूमा संक्रमणको अवस्था जाँच गर्ने ३०० सय थान ¥यापिड टेष्ट कीट जिल्ला आईपुगेको हो । संघीय सरकारको स्वास्थ्य मन्त्रालयले पठाएको ३०० थान ¥यापिड टेष्ट कीट जिल्ला आईपुगेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख एवम् जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकारी विभुकुमार झाले जानकारी दिए । समितिको बैठक बसेर ति कीटहरु आवश्यकताका आधारमा स्थानीय तहहरुलाई वितरण गरिने सूचना अधिकारी झाले जनाए । भारत लगायत तेस्रो मुलुकबाट जिल्ला भित्रिएकाहरुमध्ये १४ देखि २१ दिन पुगेकाहरुको रगतको नमूना संकलन गरी संक्रमणको अवस्था जाँच गर्नको लागि ¥यापिड टेष्ट कीट प्रयोग हुने गरेको सूचना अधिकारी झाले जानकारी दिए । टेष्टको रिपोर्ट पोजेटिभ आयो भने उपचारको लागि सम्वन्धित अस्पतालनमा पठाईने उनको भनाई छ ।

Shares

Be the first to comment on "दोलखामा कोरोना भाईरस संक्रमण पत्ता लगाउने ¥यापिड टेष्ट कीट जिल्ला आइपुग्यो"

Leave a comment

Your email address will not be published.


*