दोलखामा कोरोना भाइरससँग जुध्न एम्बुलेन्स तयारी अवस्थामा

ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र २२
दोलखामा स्थानीय तहमा कोरोना संक्रमित व्यक्तिलाई अस्पताल पुर्याउन एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । कोरोना भाइरस संक्रमित देखिएका, एवं शंका लागेका व्यक्तिलाई तत्काल अस्पताल पुर्याउन जिल्लाका ९ वटै पालिकाले एम्बुलेन्स तयारी अवस्थामा राखेका हुन् । भीमेश्वर नगरपालिकामा ३ वटा एम्बुलेन्स रहेका छन् । च्छोरोल्पा जनरल हस्पिटलमा १ वटा, दोलखा सामुदायिक हस्पिटलमा १ वटा र प्राथमिक स्वास्थ्य, केन्द्र प्रस्तावित चरिकोट अस्पतालमा १ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले बताए । जिरी नगरपालिकामा ३ वटा एम्बुलेन्स रहेका छन् । १ वटा जिरी अस्पतालमा, १ वटा पालिका केन्द्रमा र १ वटा श्यामामा रहेको पालिकाकी उपाध्यक्ष कृष्ण माया बुढाथोकीले बताइन् । बैतेश्वरमा ३ वटा रहेकोमा १वटा बैतेश्वर अस्पताल, पालिका केन्द्रमा १ वटा, र गैरिमुदि स्वास्थ्य चौकीमा १ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको पालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिए । त्यसैगरी शैलुङ गाउँपालिकाले १ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको अध्यक्ष भरत दुलालले बताए । तामाकोशीको किर्ने स्वास्थ्य चौकीमा १ वटा र पालिका केन्द्रमा १ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको अध्यक्ष ईश्वर चन्द्र पोखरेलले बताए । गौरीशंकर गापामा २ वटा, विगुमा २ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । मेलुङमा २ वटा एम्बुलेन्स रहेका छन् । डाँडाखर्कमा १ वटा र मेलुङ स्वास्थ्य चौकीमा १ वटा एम्बुलेन्स रहेको प्रवक्ता हिराकुमार तामाङले बताए । कालिञ्चोक गाउँपालिकामा ३ वटा एम्बुलेन्स रहेका छन् । जसमा बाबरेमा १ वटा, सुन्द्रावतीमा १ वटा र सिंगटीमा १ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको उपाध्यक्ष कालिका पाठकले बताइन् । जिल्लाका स्थानीय तहले कोहि संक्रमित देखिएमा वा बिरामी भएको खण्डमा तुरुन्त अस्पताल पुर्याउन चालकको मनोबल उच्च बनाउन आवश्यक सुरक्षा सामग्री उपलब्ध गराएका छन् भने केही पालिकाले अभाव भएका कारण चालकलाई सुरक्षा सामग्री उपलब्ध गराएका छैनन् । स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले स्थानीय तहमा सञ्चालित तथा निजी र गैरसरकारी संस्थाको मातहतमा रहेका एम्बुलेन्स तयारी अवस्थामा राख्न अनुरोध गरेका छन् । चालकलाई सुरक्षा सामग्री उपलब्ध गराइ उच्च मनोबलका साथ एम्बुलेन्स सञ्चालनको लागि जुट्नुपर्ने प्रमुख विभु कुमार झाले बताए । उनले भने” निजि तथा गैरसरकारी एवं सरकारी एम्बुलेन्सको तथ्याङ्क संकलन गरिरहेको र तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ ।प्रमुख झाले एम्बुलेन्स चालकलाई पीपीइ सेट वितरण मात्र गरेर पुग्दैन, पीपीइको महत्व र प्रयोग विधी बारे जानकारी दिनुपर्ने हुन्छ । विश्व कोरोनासँग जुधिरहेका बेला सबैभन्दा अघि बिरामीसँग एम्बुलेन्स चालकको सम्पर्क हुन्छ । त्यसकारण सुरक्षाको प्रत्याभूति दिनुपर्दछ । जिल्लामा हालसम्म संक्रमित व्यक्ति भेटिएका छैनन् ।

 

Shares

Be the first to comment on "दोलखामा कोरोना भाइरससँग जुध्न एम्बुलेन्स तयारी अवस्थामा"

Leave a comment

Your email address will not be published.


*