दोलखामा कोरोना बिरुद्ध पाँचसय जना स्वास्थ्यकर्मीको सक्रियता

ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र २८
दोलखामा कोरोना बिरुद्ध रोकथाम तथा नियन्त्रणका लागि करिब ५ सय जना स्वास्थ्यकर्मीहरु सक्रिय भएका छन् ।
९ वटै स्थानीय तहका सरकारी स्वास्थ्य संस्थामा कार्यरत ३ सय ३६ र निजी स्वास्थ्य संस्थाका करिब १ सय भन्दा बढी स्वास्थ्यकर्मीहरु सक्रिय भएका हुन् । सबै स्वास्थ्यकर्मीहरुले कोरोना रोकथाम र नियन्त्रणका लागि उत्तरदायित्वका साथ सक्रिय भएका हुन् । स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाका अनुसार निजी तथा सरकारी स्वास्थ्य संस्था एवं विभिन्न स्थानमा निर्माण भएका क्वारेन्टाइन र आइसोलेसनमा स्वास्थ्यकर्मीहरु परिचालित भएका छन् । जिल्लामा ५३ वटा सरकारी स्वास्थ्य संस्थाहरु रहेका छन्, भने निजी स्वास्थ्य संस्थामा पनि कोरोना नियन्त्रणका लागि एकजुट भइ उच्च मनोबलका साथ लागि परेको उनले दाबी गरे । जसरी स्वास्थ्यकर्मीहरुले सक्रियता देखाएका छन्, त्यसरी नै स्वास्थ्य कर्मीहरुलाई सुरक्षा सामग्रीहरुका साथै उच्चस्तरका प्रबिधीहरु उपलब्ध गराउन स्थानीय सरकारहरुले सक्रियता देखाउनुपर्ने उनि बताउँछन् । उनका अनुसार जिल्लामा ४ जना एम्जीडिपी डाक्टर, १६ जना मेडिकल अफिसर (डाक्टर), २२ जना सिनियर अनमि, ५९ जना सिनिय अहेब, ९२ जना अहेब र १ सय ४३ जना अनमी कार्यरत रहेका छन् ।
जिल्लामा ४ जना एम्जीडिपी डाक्टर रहेका छन् । भीमेश्वर नगरपालिकामा ३ जना र जिरीमा १ जना रहेका छन् । मेडिकल अफिसर १६ जना रहेका छन् । जसमा भीमेश्वर नगरपालिकामा ९ जना, जिरी नगरपालिकामा ४ जना र कालिञ्चोक गापा, गौरीशंकर गापा र तामाकोसी गाउँपालिकामा १–१ जना मेडिकल अफिसर रहेको स्वास्थ्य कार्यालय प्रमुख झाले बताए ।
त्यसैगरि भीनपामा ४ जना, जिरीमा ६ जना, कालिञ्चोक गापामा ५ जना, गौरीशंकरमा २जना, विगुमा १ जना, बैतेश्वरमा ३ जना, शैलुङमा १ गरि २२ जना सिनियर अनमी कार्यरत रहेका छन् । सिगटींमा रहेको रोल्वालिङ सामुदायिक हस्पिटलमा डाक्टर १ जना, एच २ जना, स्टाप नर्स ९ जना र रेडियो ग्राफी १ जना रहको अस्पताल सञ्चालकले बताए ।
भीमेश्वरमा ७ जना, कालिञ्चोकमा ६ जना, गौरीशंकरमा ७ जना, विगुमा ९ जना, तामाकोसीमा ४ जना, बैतेश्वरमा ८ जना, शैलुङमा ७ जना, मेलुङमा ९ जना, जिरीमा ४ जना गरि ५९ जना सिनियर अहेब कार्यरत रहेको उनले बताए । भीमेश्वरमा १० जना, कालिञ्चोकमा १४ जना, गौरीशंकरमा १५ जना, विगुमा १० जना, तामाकोसीमा ८ जना, बैतेश्वरमा ७ जना, शैलुङमा ११ जना, मेलुङमा ८ जना र जिरीमा १० जना गरि ९२ जना अहेब कार्यरत रहेका छन् । त्यसैगरि भिनपामा १० जना, कालिञ्चोकमा १९ जना, गौरीशंकरमा २२ जना, विगुमा १५ जना, तामाकोसीमा २० जना, बैतेश्वरमा १२ जना, शैलुङमा १३ जना, मेलुङमा १५ जना र जिरीमा १७ जना गरि १ सय ४३ जना अनमी जिल्लाको सरकारी स्वास्थ्य संस्थामा कार्यरत रहेका छन् ।
त्यसैगरि निजी स्वास्थ्य संस्था च्छोरोप्ला जनरल हस्पिटलमा एमएस डाक्टर १ जना, मेडिकल अफिसर (डाक्टर) १ जना, नर्स ७ जना, एचए १ जना, ल्याबमा २ जना र रेडियो ग्राफीमा १ जना रहेका हस्पिटलकी प्रशासन प्रमुख सर्मिला बुढाथोकीले बताइन् । त्यसैगरि दोलखा सामुदायिक अस्पतालमा डाक्टर १ जना, एचए २ जना, नर्स ९ जना, ल्याबमा ३ जना, रेडियो ग्राफीमा १ जना रहेको अस्पतालका सञ्चालक अमृत बुढाथोकीले बताए । जिल्लामा निजी स्वास्थ्य संस्था करिब १२ भन्दा बढी रहेका छन् । ति स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु पनि कोरोना रोकथाम र नियन्त्रणका लागि सक्रिय बनेका छन् ।त्यसैगरी सिंगटीमा रहेको रोल्वालिङ सामुदायिक अस्पतालमा २ जना मेडिकल अफिसर (डाक्टर) रहेका छन् । अरु १० जना स्वास्थ्कर्मी रहेको अस्पतालका संन्चालक सुब्वा खडकाले बताए । उनले दोलखामा नहुने टेष्ट आफ्नो प्रयोगशाला हुने उनले दावी गरे ।
कतिपय स्थानीय तहले व्यक्तिगत सुरक्षाका सामग्री समेत उपलब्ध गराउन नसेको अवस्थामा स्वास्थ्य कर्मीहरुले कसरी महामारीको सामना गर्ने स्वास्थ्यकर्मीहरु चिन्तित भएका छन् ।

Shares

Be the first to comment on "दोलखामा कोरोना बिरुद्ध पाँचसय जना स्वास्थ्यकर्मीको सक्रियता"

Leave a comment

Your email address will not be published.


*