दोलखामा कोरोना नियन्त्रण स्थानीय तहको ४ करोड भन्दा बढी रकम खर्च

ईश्वर विक /चरिकोट –दोलखाका स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रणमा ४ करोड भन्दा बढी रकम खर्च गरेका छन् । हुराडेक नेपालले नौ वटा स्थानीय तहबाट संकलन गरेको आम्दानी तथा खर्च विवरण बुधबार एक कार्यक्रमका बीच सार्वजनिक गर्दै सो जनाइएको छ । सार्वजनिक विवरण अनुसार जिल्लाको स्थानीय तहले कोरोना पहिचान, क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्थापन, अस्पताल निर्माण, स्वास्थ्य सामाग्री खरीद, जोखिम भत्ता वितरण लगायतका शिर्षकमा रकम खर्च गरेका छन् । सार्वजनिक प्रतिबेदन अनुसार जिल्लाको भीमेश्वर नगरपालिकाले कोरोना रोकथाममा एक करोड ३५ लाख ४९ हजार २ सय ९० रुपैयाँ रकम खर्च गरेको छ । यो नगरपालिकाभित्र रहेको चरिकोट अस्पतालमा कोरोना पहिचान तथा परीक्षणको लागि पीसीआर प्रयोगशाला स्थापना गरिएको थियो । त्यसमा ९४ लाख ६३ हजार २ सय रुपैयाँ खर्च भएको छ । त्यसैगरी क्वारेन्टाइन आइसोलेसन व्यवस्थापनमा दुई लाख छ हजार ७७ रुपैयाँ, स्वास्थ्य सामाग्री खरीदमा एक लाख २ हजार रुपैयाँ, जोखिम भत्ता वितरणमा सात लाख २८ हजार, राहत वितरणमा १४ लाख, अस्थाई कोरोना अस्पतालमा १६ लाख ५० हजार खर्च भएको हो । नगरपालिकामा प्रदेश सरकारबाट ७ लाख २८ हजार रुपैया, सांसद विकास कोषमार्फत एक करोड ५० लाख रुपैयाँ र पालिकाको कोरोना कोषमा २० लाख रुपैयाँ रहेको थियो । जिल्लाको अर्काे नगरपालिका जिरी नगरपालिकाले २४ लाख ७२ हजार १ सय ८० रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख छ । नगरपालिकाले कोरोना परीक्षण शुल्कमा तीन लाख ४७ हजार, क्वारेन्टाइन आइसोलेसन व्यवस्थापनमा तीन लाख ६७ हजार १ सय ८० रुपैयाँ, स्वास्थ्य सामाग्री खरीदमा १७ लाख, कोरोना सम्बन्धि सन्देशमा १७ हजार र अन्य खर्च ४१ हजार रुपैयाँ भएको हो । नगरपालिकालाई प्रदेश सरकारवाट २० लाख, संघिय सरकारवाट १ लाख पैयाँ रकम प्राप्त भएका थियो भने पालिकाले २० लाख रुपेयाँ रकम विनियोजन गरेको नगरपालिका थियो । बैतेश्वर गाउँपालिकाले गत आर्थिक वर्ष कोरोना रोकथाम तथा न्यूनीकरणमा ३८ लाख ९ हजार ३ सय ४५ रुपैयाँ खर्च गरेको छ । पालिकामा कोराना रोकथाम तथा न्यूनिकरणका लागि प्रदेश सरकारवाट २८ लाख र संघिय सरकारवाट १० लाख प्राप्त भएको थियो भने पालिकाले २० लाख विनियोजन गरेको पालिकाले जनाएको छ। गौरीशंकर गाउँपालिकाले २३ लाख ३८ हजार छ सय ३० रुपैयाँ रकम खर्च गरेको छ। पालिकाले अक्सिजन खरीदमा पाँच लाख ५० हजार, स्वास्थ्य सामाग्री खरीद तीन लाख ७६ हजार २ सय ९० रुपैयाँ, कन्सट्रेटर अक्सिजन खरीदमा एक लाख ७६ हजार, भिटिएम खरिद ४ लाख ९४ हजार, होम आइसोलेसन व्यवस्थापनमा दुई लाख लगायतका शिर्षकमा खर्च गरेको हो । कालिञ्चोक गाउँपालिकाले ३६ लाख ११ हजार ९ सय ९ रुपैयाँ खर्च गरेको छ । पालिकामा संघिय सरकारवाट १५ लाख रुपैयाँ रकम प्राप्त भएको थियो भने पालिकाको कोषमा २४ लाख रुपैयाँ मौज्दात थियो । तामाकोशी गाउँपालिकाले ४५ लाख ७ हजार ४ सय ५१ रुपैयाँ रकम खर्च गरेको छ । क्वारेन्टाइन निर्माणमा नौ लाख २ हजार २ सय ८० रुपैयाँ, आइसोलेसन केन्द्र निर्माणमा ४८ हजार ९ सय ५०, औषधी खरिदमा छ लाख छ हजार ५ सय ३७ रुपैयाँ, कर्मचारीको तलबमा चार लाख ५१ हजार ६ सय ६३ रुपैयाँ, स्वास्थ्य सामाग्री खरीदमा ११ लाख ८६ हजार ३ सय ७१ रुपैयाँ खर्च गरेको हो । पालिकामा पालिकाको कोषबाट ४३ लाख ३६ हजार १ सय १३ रुपैयाँ र प्रदेश सरकारवाट ५ लाख रुपैयाँ रकम प्राप्त भएको थियो । मेलुङ गाउँपालिकाले ४१ लाख ४४ हजार ५ सय ३६ रुपैयाँ २० पैसा रकम खर्च गरेको छ।
पालिकामा प्रदेश सरकारबाट १५ लाख, गाउँपालिकाबाट २० लाख र गत आर्थिक वर्ष २०६७÷७७ को जगेडा कोषबाट ११ लाख गरी ४६ लाख रुपैयाँ रकम कोरोना नियन्त्रणको लागि विनियोजित थियो । विगु गाउँपालिकाले ४३ लाख १० हजार ६ सय १५ रुपैयाँ रकम खच गरेको पालिकाले जनाएको छ। पालिकाले सामुहिक कोरोना कोषमा तीन लाख, जोखिम भत्ता वितरणमा २० लाख २१ हजार, स्वास्थ्य सामग्री खरिदमा १२ लाख ५८ हजार, औषधी खरीदमा दुई लाख, चरिकोट अस्पतालमा कार्यरत कर्मचारीको लागि तलबमा एक लाख ५५ हजार तीन सय, क्वारेन्टाइन हेरालु तथा सामग्री खरीद९४ हजार ७ सय २५ रुपैयाँ, क्वारेन्टाइन व्यवस्थापनमा दुई लाख ८१ हजार रुपैयाँ खर्च गरेको हो ।शैलुङ गाउँपालिकामा ६४ लाख ३३ हजार ४ सय ५३ रुपैयाँ रकम खर्च भएको छ । ्
कोरोना संक्रमितलाई दिइएको पोषण खर्चबापत छ लाख ३७ हजार, अक्सिजन कन्सस्ट्रेटर खरिदमा पाँच लाख २० हजार, कोरोना अस्पताल व्यवस्थापनमा १२ लाख ६१ हजार ४ सय, कर्मचारी खर्च १६ लाख ५० हजार, एम्बुलेन्स भाडा ४२ हजार ५ सय रुपैयाँ, स्वास्थ्य संस्थालाई अनुदानमा १९ लाख, पञ्जा खरीद एक लाख ५० हजार, अक्सिमिटर खरिदमा ४५ हजार, कोलेरिड खरीदमा ५० हजार, पिपिसेट खरीदमा ७५ हजार रुपैयाँ खर्च गरेको हो । पालिकाल पालिकाका कारोना कोषबाट ६० लाख रूपैयाँ र अन्य कोषबाट पनि कोरोना रोकथामको लागि खर्च गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा हुराडेक नेपालका प्रशासन प्रमुख शेरबहादुर भुजेलले गत आर्थिक वर्ष २०७७÷०७८ मा स्थानीय तहमा केकति बजेट प्राप्त भए र कति खर्च भएभन्ने विषयमा जानकारी दिने उद्धेश्यका स्थानीय तहबाट संकलित विवरण सार्वजनिक गरिएको बताउनु भयो ।
सार्वजनिक विवरणअनुसार जिल्लाको स्थानीय तहले कोरोना पहिचान, क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्थापन, अस्पताल निर्माण, स्वास्थ्य सामाग्री खरीद, जोखिम भत्ता वितरण लगायतका शिर्षकमा रकम खर्च गरेको पाइएको छ ।

Shares

Be the first to comment on "दोलखामा कोरोना नियन्त्रण स्थानीय तहको ४ करोड भन्दा बढी रकम खर्च"

Leave a comment

Your email address will not be published.


*