दोलखामा कैदीबन्दीलाई खोप

इश्वर बिश्वकर्मा
चरिकोट, माघ २२
कारागार दोलखाका कैदीबन्दीले कोरोना बिरुद्धको ’कोभिशिल्ड’ खोप निःशुल्क लगाएका छन् ।
डा. विनोद दङ्गाल र स्वास्थ्य कार्यालय दोलखाका खोप अधिकृत तुलसी प्रसाद सुवेदि सहितको टोलीले कारागारमै पुगेर कैदीबन्दीलाई पहिलो डोज खोप लगाइदिएका हुन् । कारागारमा रहेका १ सय ५४ जना कैदीबन्दी मध्ये १ सय ५२ जना कैदीबन्दीले खोप लगाएका स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । । २ जना कैदीबन्दीले भने खोप लगाएनन् । सरकारले पहिलो चरण अन्तर्गत नै कैदीबन्दीलाई खोप लगाउन प्राथमिकता दिएसगैँ विभिन्न अपराध गरी कारागारमा सजाय भोगिरहेका कैदीबन्दीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर निःशुल्क खोप प्रदान गरिएको हो । खोप अधिकृत सुवेदिका अनुसार कारागार कार्यालयमा कार्यरत ६ जना कर्मचारी र सुरक्षाकर्मीले पनि खोप लगाएका छन् । कैदीबन्दी सहित कारागारबाट १ सय ५७ जनाले खोप सेवा लिएका छन् । कोरोनाको जोखिममा दोलखा कारागार उच्च जोखिममा रहेको छ । कारागारलाई कोरोनाबाट सुरक्षित राख्न खोप सेवा उपलब्ध गराइएको खोप अधिकृत सुवेदिले बताए । कारागारमा २३ गते खोप सेवा उपलब्ध गराइने योजना रहेको थियो । तर बिहीबार प्रचण्ड– नेपाल समुहले आमअड्ताल गरेकोले अन्य व्यक्ती खोप लगाउन नआउने भएकोले कारागारमा खोप कार्यक्रम गरिएको उनले बताए । कोरोना बिरुद्धका खोप लगाएसगैँ कारागार दोलखाका कैदीबन्दी ढुक्क भएका छन् ।

Shares

Be the first to comment on "दोलखामा कैदीबन्दीलाई खोप"

Leave a comment

Your email address will not be published.


*