दोलखामा काेभिड बिरामीकाे उपचार लागि अक्सिजनको जोहो गरिदैँ

इश्वर बिश्वकर्मा
चरिकोट, बैशाख २६
विश्वभर फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाइरसले नेपालमा पनि सबैलाई आंतकित बनाएको छ । दिनदिनै कोरोना प्रभावित बिरामीहरु थपिन थालेका छन् । लक्षण सहितको बिरामीलाई अस्पतालमा भर्ना गरी अक्सिजनको सहारामा उपचार व्यवस्थापन भईरहेको छ । तर बिरामी बढ्दै जाँदा अक्सिजनको अभाव हुन थालेको छ । यो समस्या दोलखामा पनि देखिन थालेको छ ।  जिल्लामा प्रभावितको उपचारका लागी अक्सिनको खपत बढ्दै जाँदा अस्पतालमा मौज्दात अक्सिजन घट्दै गएको छ । तर अक्सिजन अभाव हुन नदिनका निम्ति जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्दले विषेश तयारी तथा पहल थालेको छ । जिल्लामा अस्पताल भर्ना हुनुपर्ने कोभिड प्रभावित बिरामी बढ्दै जाँदा अविलम्ब अक्सिजनको व्यवस्थापन तथा परिपूर्ति नगरिए उपचार व्यवस्थापन नै प्रभावित हुन सक्ने कुरामा सचेत हुँदै यस्तो तयारी तथा पहल थालिएको हो । कोभिड जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको शनिबार बसेको बैठकले नयाँ अक्सिजन सिलिन्डर खरीद गर्ने देखि खाली भएका सिलिन्डर भर्ने तथा जिल्लामा विभिन्न योजना तथा परियोजनामा रहेका सिलिन्डर संकलन गर्ने कार्यलाई तीव्रता दिने निर्णय गरेको छ । जिल्लामा तत्कालै रेगुलेटर लगायतका सेट सहित ४० वटा अक्सिजन सिलिन्डर खरीद गरिदैँ छ । कोभिड नियन्त्रण तथा व्यवस्थापनका लागि निर्माण गरिएको संयुक्त कोषको रकमले अक्सिजन सिलिन्डर खरीद गरी ल्याइने स्वास्थ्य कार्यालय दोलखका प्रमुख अर्जून पौडेलले जानकरी दिए । त्यस्तै जिल्लामा भएका खाली अक्सिजन सिलिन्डरहहरु आइतबार नै भर्न पठाइने उनले बताए । त्यस्तै जिल्ला प्रहरी कार्यालय दोलखाको सक्रियतामा विभिन्न हाइड्रोपावर, मोटर ग्यारेज, मेटल कम्पनी, वर्कसप लगायत अक्सिजन प्रयोग हुने परियोजना तथा योजनाबाट अक्सिजन सिलिन्डर खोजी संकलन गरी तत्कालका लागी कोभिड अस्पतालमा कोभिड बिरामीको उपचारका लागी उपलब्ध गराइने बताइएको छ । यो कार्य शनिबारबाटै शुभारम्भ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रहरीले जो सँग अक्सिजन सिलिन्डर रहेको छ, उसले यो संकटको समयमा बिरामीको उपचारार्थ उपलब्ध गराई सहयोग गरि पूण्य कमाउन अपिल गरेको छ । तत्कालिन अवस्थामा अक्सिजन सिलिन्डर तथा खाली रहेका सिलिन्डर उपलब्ध गराएमा प्रयोग पछि फिर्ता गरीने बताइएको छ । जिल्लामा कति अक्सिजन सिलिन्डर मौज्दात रहेको र कति खाली भएको भन्ने उपलब्ध भइनसकेकाे तर अाइतबार नै याे विवरण सँकलन गरी खाली रहेका सिलिन्डर भर्न पठाइने तयारी गरिएकाे स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा चरिकोट अस्पताल र जिरी अस्पतालमा गरी ७ जना कोभिड प्रभावित बिरामीहरुको अक्सिजनको माध्यमबाट उपचार व्यवस्थान भईरहेको छ । यो विवरण आइतबार बिहानसम्मको हो ।

Shares

Be the first to comment on "दोलखामा काेभिड बिरामीकाे उपचार लागि अक्सिजनको जोहो गरिदैँ"

Leave a comment

Your email address will not be published.


*