दोलखामा कविता वाचन गरि शहीदको सम्झना

ईश्वर बिश्वकर्मा
खबरदार डाँडा, माघ १६
दोलखाका साहित्य स्रष्ठाहरुले बिहिबार साहित्य कविता वाचन गरि देशका निम्ति आफ्नो बलिदानी दिने शहीदहरुको सम्झना गरेका छन् ।
शहीद दिवसको अवसरमा दोलखाको भीमेश्वर नगरपालिका ४ को खबरदार डाँडामा एक कार्यक्रमको आयोजना गरि जिल्लाका सष्ट्राहरुले साहित्य कविता वाचन गर्दै शहिदहरुको सम्झना गरेका हुन् ।
नेपाली लेखक संघ दोलखाले आयोजना गरेको कविता वाचन तथा शहीदको सपना र वर्तमान विषयक अन्तरक्रिया कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत एवम् स्रष्ठा मान बहादुर खड्काले शहीदकी आमा शिर्षकको कविता वाचन गरे ।
कविता वाचन गर्दै खड्काले शहीदले देखेको सपना पुरा गर्न जनस्तर र राज्यसञ्चालकले विषेश भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले खबरदार डाँडालाई साहित्यिक पार्क निर्माणका लागि भीमेश्वर नगरपालिका प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा  नेपाली लेखक स‌घका सल्लाहकार तथा गीतकार केशबराज चौलागाईँले गीत प्रस्तुत गर्दै शहीदहरुको एकदिन सम्झना गरि शहीदको सम्मान नहुने भएकाले देश सम्बृद्ध बनाए शहीदको सपना साकार हुने भएकाले सो कार्यमा सबै लाग्नुपर्ने बताए । उनले देशको परिर्वतन र स्वतन्त्रताको लागि आफ्नो ज्यान दिने शहीदहरुको मार्ग र सपना पुरा गर्न नलागे शहीदको आँशु लाग्ने बताए ।
नेपाली लेखक संघ दोलखाका अध्यक्ष डम्बर चौलागाईँले मेरो मृत्यु शिर्षकको कविता प्रस्तुत गरेका थिए । त्यसैगरि मुरारी दुलाल (मृदु मुरारी), लक्ष्मण गुभाजु, राजन बस्नेत, मेनुका पोखरेल लगायतले शहीदहरुमा सर्मपित आफ्नो रचना प्रस्तुत गरेका थिए । भीमेश्वर नगरपालिका ४ स्थित चिसापानीमा रहेको खबरदार डाँडामा साहित्यिक पार्क बनाउने योजना अनुसार डिपिआर तयारी अन्तिम चरणमा पुगेको संघले जनाएको छ । एकतन्त्रीय र निरङ्कुश राणा शासनको विरोध र स्वतन्त्रताको माग गर्दा तत्कालीन राणाशासकले १९९७ सालको माघ १० गते काठमाण्डौको टेकुको पचलीमा शुक्रराज शास्त्रीलाई, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो ।

Shares

Be the first to comment on "दोलखामा कविता वाचन गरि शहीदको सम्झना"

Leave a comment

Your email address will not be published.


*