दोलखामा कर तालिम सुरु

ईश्वर बिश्वकर्मा
चरिकोट, फागुन ९
दोलखा सदरमुकाम चरिकोटमा शुक्रबारदेखि सहभागितामा व्यवासायीहरुको अभिबृद्धिका लागि कर तालिम सुरु भएको छ ।
आन्तरिक राजस्व विभाग तथा नेपाल वाणिज्य महासंघको आयोजना र दोलखा उद्योग वाणिज्य संघको सहआयोजनामा २ दिवसीय कर तालिम सुरु भएको हो ।
साना तथा मझौला ब्यवसायीलाई कर त्रुटी कम होस र करको कर्तव्य बोध गराउन तालिम आयोजना गरिएको दोलखा उद्योग बाणिज्य संघका महासचिब हेमराज रिमालले बताए ।
उनले भने “साना तथा मझौला व्यवसायी करदाताहरुलाई कर सम्बन्धि जानकारी दिई कानुनले निर्दिष्ट गरेको व्यवस्थाहरु परिपालन गराउन तालिमको आयोजना गरिएको हो ।”
तालिमको उद्धघाटन समारोहमा नेपाल वाणिज्य महासंघकी सह निर्देशक सीता घिमिरेले कर तिर्नु सबै नागरिकको दायित्व भएकाले कर तिर्नुपर्ने बताइन्। उनले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न उद्योगी व्यावसायीहरुलाई बताइन् । करसम्बन्धि निती ऐन वर्षै पिछे परिवर्तन हुने भएकाले प्रत्येक नागरिकले करबारे नयाँ कानुन जान्नै पर्ने बताइन् ।
तालिममा राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरका कम्प्युटर इन्जिनियर सुरेश वसौलाले वेबमा आधारित ढुवानी प्रणाली (भिसीटिएस) को अर्थ, भिसीटिएस सम्बन्धि कानुनी व्यवस्था, फाइदाहरु, प्रणाली प्रविष्ट गर्ने तरिकाको विषयमा जानकारी दिए ।
आन्तरिक राजस्व कार्यालय धुलिखेलका कर अधिकृत नविन्द्र अधिकारीले आयकार नियम र ऐनबारे बताए ।
तालिममा सहजीकरण ज्ञानेन्द्र भारी र राजकुमार राईले गरिरहेका छन् । पहिलो दिन कर, आयकर, करदाता, आयको प्रकार, प्यान, स्थायी लेखा नम्बरको विषयमा प्रस्तुती ज्ञानेन्द्र भारीले गरे ।
त्यसैगरि आयका प्रकार, आयको स्रोत, आय बृद्धि लगायतको विषयमा राजकुमार राइले जानकारी दिए । तालिममा उद्योगीहरुले करसम्बन्धि जीज्ञासाहरु राखेका थिए । उनिहरुले आन्तरिक राजस्व कार्यालय जिल्लामा चाँडै स्थापना गर्न माग समेत गरेका छन् ।
तालिममा जिल्लाका ७० भन्दा बढी उद्योगी, व्यवसायी र सहकारीकर्मीहरुको सहभागिता रहेको छ । कर तालिमले करसम्बन्धि थप जानकारी भई कर तिर्न उत्प्रेरित हुने र राजस्व छली हुनबाट जोगिने सरोकारवालाहरु बताउछन् । कर तालिम शनिबारसम्म चल्ने छ ।

Shares

Be the first to comment on "दोलखामा कर तालिम सुरु"

Leave a comment

Your email address will not be published.


*