दोलखामा कर कार्यालय स्थापना हुने

ईश्वर बिश्वकर्मा
चरिकोट
दोलखाको सदरमुकाम चरिकोटमा कर सेवा कार्यालय स्थापना हुने भएको छ ।
जिल्लाका करदातालाई सहज बनाउने उद्देश्यका साथ फागुन महिना भित्रै कर सेवा कार्यालय स्थापना गरिने भएको हो ।
सोमबार जिल्ला संवाद समुह र जिल्ला समन्वय समितिले आयोजना गरेको छलफलमा तत्काल भाडाको घरमा कार्यालय सञ्चालन गरिने भएकोले घर खोजी गरिने निर्णय भएको छ ।
कार्यालय सञ्चालनका लागि सरकारी कार्यालय खाली नभएकोले भाडाको घरमा तत्काल अवस्थामा कार्यालय सञ्चालन गरिने भएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताए ।
कर सेवा कार्यालय स्थापना भएपछि उद्योगी व्यवसायी कर तिर्न धुलिखेलसम्म धाउन पर्ने बाध्यता हट्ने उनले बताए ।
राजस्व कार्यालय स्थापना गर्न आफ्नो तर्फबाट सक्दो पहल गरेको कर सेवा कार्यालय धुलिखेलका प्रमुख डमरु पराजुलीले बताए । उनले दोलखामा करदाताहरु वृद्धि हुदै गएको अवस्थामा कर सेवा कार्यालय स्थापना हुनुले राज्यलाई कर तिर्न सहज हुने बताए । उनले तत्काल कार्यालय भाडाको घरमा सञ्चालन हुने भएकोले गलत अर्थ नसोच्न आग्रह गरे । कर सेवा कार्यालय स्थापना भएपछि स्थायी लेखा नम्बर पान लिन पनि सहज हुने भएको छ । कर सेवा कार्यालय स्थापना हुने भएपछि उद्योगी व्यवसायी उत्साहित बनेका छन् ।
छलफलमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, प्रहरी नायब उपरीक्षक रेवती रमण पोखरेल, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का लगायतले कर सेवा कार्यालय स्थापना हुने भएको भन्दै खुसी व्यक्त गरेका थिए।

 

Shares

Be the first to comment on "दोलखामा कर कार्यालय स्थापना हुने"

Leave a comment

Your email address will not be published.


*