दोलखामा कम्युनिष्टले जनता ढाँटे

रुद्र बहादुर खडका सभापति नेपाली कांगे्रस दोलखा

नेपाली कांग्रेसले यहि साउन छ गते देशभर आफ्ना नेता विश्वेश्वर प्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना ग¥यो । दोलखा जिल्लामा पनि फलफूल रोपन लगायतका कार्यक्रमहरु भएका थिए । २०१५ सालमा देशमा भएको पहिला आम निर्वाचनमा दोलखा जिल्लामा कांग्रेसले विजय हासिल गरेको थियो । २०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा दोलखामा कांग्रेसले बहुमत ल्याएको थियो । हाल दोलखा जिल्लाका कांग्रेस पार्टिका सभापति रहेका रुद्रबहादुर खड्का उक्त वर्ष जिल्ला विकास समितिको सभापति भएका थिए । २०५१ सालमा कांग्रेसले १ सिट प्रतिनिधि सभा सदस्य जितेको थियो । अहिले जिल्लामा कांग्रेसको शसक्त उपस्थिती देखिन्न । यसै सन्दर्भमा हाम्रा सहकर्मी अर्जुन अपवादले रुद्र बहादुर खड्कासँग दोलखामा कांग्रेसको इतिहास, अहिलेको कोरोना विपदमा स्थानीय तहहरुले गरेका कामहरुका बारेमा कुराकानी गरेका थिए । कुराकानीको सम्पादित अंश

 दोलखामा र विपि कोइरालाको सम्बन्ध के छ ?

विपि दोलखामा आएको प्रमाण पाइएको छैन । २००७ सालकै क्रान्तिमा पनि दोलखाको महत्वपूर्ण भूमिका देखिन्छ । यो क्रान्तिको अन्तिम विन्दु हो । कांग्रेसले पुर्वबाट आक्रमण गर्दै आएको थियो । दोलखाको आक्रमणपश्चात दिल्ली सम्झौता भयो । त्यसपछि हर्षोल्लास सुरु भयो । गाउँघरमा हुनेखानेसँग मागेर भोजभतेरहरु पनि भएका छन् । यहाँ लडाँइ भएको पनि थियो । केहि मानिसहरु मरेका भन्ने पनि सुनिएको हो । तर प्रमाण पाइएको छैन ।
दोलखा जिल्ला गोर्खा परिषदको वाहुल्य रहेको जिल्ला भन्ने विपिले बुझेका हुनाले यहाँको तत्कालिन नेता अंगदबहादुर खड्का भन्ने हुनुहुन्थ्यो । त्यो बेलाको यस क्षेत्रको सभापति हुनुहुन्थ्यो । उहाँको घर खोपाचाँगु थियो । उहाँलाई १५ सालको निर्वाचनमा उम्मेदवारको टिकट नदिएर गोर्खा परिषदकै नेता गृहबहादुर बस्नेतलाई पार्टी प्रवेश गराएर टिकट दिएर यो क्षेत्रमा जित हासिल गरेका थिए । केहि भुभागमा बेनीबहादुरले पनि जिते मृगेन्द्र शमसेरले पनि जिते र विष्णुप्रसादले पनि जिते दोलखाको नामबाट त हैन । जिल्लाको नाम थिएन त्यो बेला । नम्बर थियो । दोलखाको १२ नम्बर थियो । जम्मा १०९ सिटमध्ये कांग्रेसले ७३ सिट कांग्रेसले जितेको थियो । २ तिहाई जितेर जनताको छोरो पहिलो प्रधानमन्त्रि भएका थिए वि पि कोइराला । राष्ट्रियता, समाजवाद र लोकतन्त्रको नारा उहाँले नै अगाडि सार्नुभएको थियो । अहिलेको राजनीति पनि हामीले जति संरचनाहरु निर्माण ग¥यौं ती विपिकै कल्पनामा आधारित छन् । कानुनको शासन, बहुदलीय व्यवस्था लगायतका विषयहरु विपिकै अवधारणा हुन् ।

१५ सालको निर्वाचनमा कांग्रेसले जितेको थियो । तपाँइ पहिलो पटक जिल्ला विकास समितिको सभापति पनि हुनुभयो । तर जिल्लामा कांग्रेस किन कमजोर छ ?
कांग्रेसको उद्धेश्य नै जनतालाई सुसुचित गर्ने हो । आफ्ना धारणाहरु कांग्रेसले जनतामा प्रष्ट रुपमा भन्दै आएको छ । यहाँ के भैदियो भने । जिल्लामात्र हैन मुलुक नै विकटताले भरिएको छ । विजुली पानी, शिक्षा लगायतका कुरामा हामी पछाडि छौं । यसबाट पार पाउने कुरामा जनताको अपेक्षा रह्यो । हामी लगातार पुरा हुन्छ भन्ने कुरा गर्दै रह्यौं । विपक्षीहरुले हामीले पायौं भने छुमन्तर गर्छौ भनेर जनतालाई एक किसिमले ढाट्नु भयो । अर्को गरिबि पनि छ । गरिबिमा पनि उहाँहरुले फाईदा लुट्नु भयो । गरिबिमा कांग्रेसले के भन्यो भने अवसर दिने । उहाँहरुले के भन्नुभो भने हामीलाई जिताउनुभो भने हामी सबैलाई बराबरी बनाईदिन्छौं । कोही धनी गरिब हुँदैन भन्ने खालका भ्रमहरु जनतामा छर्नुभयो । कांग्रेसले त त्यस्ता खालका भ्रम छरेन । हामीले अवसर दिने भन्ने मात्रै कुरा ग¥यौं । त्यसो हुँदा त मानिसहरु नारामा आर्कषित भए । अर्को कुरा अशिक्षा पनि हो । शिक्षा नभएपछि कुरा बुझिँदैन । राष्ट्रिय अन्तराष्ट्रिय अवस्था के हुन कांग्रेसले भनेको के हो भन्ने कुरा जनताले बुझ्नै पाएनन् । पुरा हुन धेरै समय लाग्ने खालका नाराहरुका पछि लागेर दोलखा जिल्ला कब्जा गरे । जिल्ला विकास समिति बनायौ । ५१ मा १ सिट जित्यौं । जनताले कांग्रेसलाई हेर्ने दृष्टिकोणमा कुनै फरक परेको छैन । मतदाताहरु बढिरहेका छन् । कांग्रेसप्रति जनताको भरोसा पनि छ । २००३ सालदेखी लिएको उद्धेश्यमा अहिलेसम्म त्यस्तो फरक परेको छैन । कांग्रेस र कम्युनिष्टविचको फरक भनेकै कांग्रेस जनताका लागि राजनीति गर्छौं । जनताको नाममा कम्युनिष्टहरु राजनीति गर्छन ।जनताले नबुझेसम्म के हुन्छ र ? कम्युनिष्टहरुले संगठनमा ध्यान दिए । हामी त्यसमा कमजोर भएर पनि हो ।्

अव अहिलेको महामारी कोरोनाको कुरा गरौं । तपाँइलाई कोरोना कस्तो लागेको थियो ?

कोरोनाको कुरा गर्दा यसअघि पनि छिटपुट रोगहरु नआएका हैनन् । यो रोग हामीले पनि सामना गर्नु प¥यो । यो रोगले हामीलाई मात्र हैन विश्व अर्थतन्त्रलाई ठूलो असर गरेको छ । मैले त्यो बेला पनि लेखेको थिए विश्वले अवको राजनीति आर्थिक प्रणाली लगायतका क्षेत्रमा आमुल परिवर्तन गर्नुपर्ने अवस्था यो रोगले सिर्जना गरेको छ । सानो भाइरसले पनि विश्व समाप्त गर्न सक्छ भन्ने यसले सन्देश दिएको छ । हिजो अरबौं खरबौं खर्च गरेर बनाएका मिसाइलहरु पनि काम नलाग्ने अवस्था भयो । वैज्ञानिकका ठूला ठूला खोज अनुसन्धानले पनि यसलाई जित्न सकेन । यस्तो खालको अवस्था पनि आउने रहेछ भन्ने सोचका साथ अवको विश्व अगाडि बढ्नुपर्छ । हामीले पनि कोरोनाका कारण धेरै कुरा परिमार्जन गर्नुपर्ने अवस्था छ । विकासका मोडलहरु परिवर्तन गर्नुपर्नेछ । आत्मनिर्भर कसरी हुने भन्नेतर्फ सोच्नुपर्नेछ । प्रदुषणबाट कसरी बच्न सकिन्छ । धेरै कुराहरु यसबाट सिक्ने अवसर प्राप्त भएको छ । कोरोनाबाट हामी जति समस्यामा प¥यौं । उद्योगधन्दाहरु बन्द छन् । बालवालिकाहरुमा असर परेको छ । यस्ता समस्याबाट पार पाउन नयाँ खालको सोचबाट अगाडि नगई विकल्प छैन । अवको विकास निर्माण गर्दा आत्मनिर्भर हुने गरि गर्नुपर्नेछ । बाहिर भएका नेपालीहरु यहाँ आउँदा कसरी व्यवस्थापन गर्ने भन्ने सोच्नुपर्नेछ ।

अहिले स्थानीय सरकारले कोरोनाका बारेमा गरेका काम कस्ता छन ?

स्थानीय सरकारले काम गरेको विषयमा मेरो कुनै टिप्पणी छैन । उहाँहरुसँग भएको साधनश्रोत, उहाँहरुले उपयोग गर्ने पद्धती यसमा रहेर उहाँहरुले जेजती काम गर्नुभयो यो सराहनीय छ । किनभने स्थानीय तह भर्खरै स्थापना भएको हो । कति ठाउँमा आफ्नो कार्यालय नभएको अवस्था पनि छ । जनशक्ति नभएको अवस्था पनि छ । आवाश्यक ऐन कानुन नभएको अवस्था पनि छ । यसका बाबजुद पनि स्थानीय तहले जे काम गरे यो सराहनिय छ । प्रदेश र केन्द्रले गरेको भन्दा त स्थानीयले धेरै काम गरे । उनिहरुसँग डाक्टर पनि थिएनन् । पर्याप्त रकम पनि त थिएन । यसमा स्थानीय तहको चासो पनि धेरै थियो । संविधानले गरेको परिकल्पना पनि यहि त थियो ।

Shares

Be the first to comment on "दोलखामा कम्युनिष्टले जनता ढाँटे"

Leave a comment

Your email address will not be published.


*