दोलखामा ओलीको स्वास्थ्य लाभको कामना गर्दै दिपप्रजलन

दोलखा (दीस) –प्रधान मन्त्री के.पी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै दोलखामा दिप प्रजलन गरिएको छ । नेकपाका अध्यक्ष समेत रहेका ओलीको स्वास्थ्य लाभ कामना गर्दै नेकपाको भात्रृ संगठन अनेरास्ववियू तथा राष्ट्रिय युवा संघले दोलखा भिमशेन मन्दिरमा दिप प्रजलन गरेको हो ।प्रधान मन्त्री ओली स्वास्थ्य लाभको कामना गर्दै दीप प्रजलन गरिएको अनेरास्ववियूका केन्द्रीय सदस्य शक्ति पाठकले बताए । ओलीको नेतृत्व देशमा केही बर्ष आबस्यक रहेको अनेरास्वियू दोलखाका संयोजक रोशन खडकाले बताए । युवाको सपना साकार पार्न सक्ने क्षमता रहेका ओलीको भिमशेनले शक्ति प्रदान गर्ने राष्ट्रिय युवा संघका सहसंयोजक नबराज अर्यालले बताए । दोलखामा भएको दीपप्रजलनमा अनेरास्ववियू तथा राष्ट्रिय युवा संघका जिल्ला स्तर नेता तथा स्थानीय सहभागि भएका थिए ।

Shares

Be the first to comment on "दोलखामा ओलीको स्वास्थ्य लाभको कामना गर्दै दिपप्रजलन"

Leave a comment

Your email address will not be published.


*