दोलखामा एक वृद्वा महिलाको कोरोना संक्रमणले मृत्यु

चरिकोट (दीस) – दोलखामा एक वृद्वा महिलाको कोरोना संक्रमणले मृत्यु भएको छ। वैत्यश्वर गाउँपालिका वडा नम्बर ७ कि ८१ वर्षिया वृद्वाको मृत्यु पछि पिसिआर टेष्टमा रिपोर्ट पोजिटिभ आएको हो। उनलाई दम र निमोनियाको समस्या भएपछि बुधबार उपचारका लागि प्राथमिक स्वास्थ केन्द्रको प्रस्तावित चरिकोट अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको थियो । उनको उपचारको क्रममा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरी पीसीआर टेष्टको लागि धुलिखेल पठाइएको थियो । मृत्यु भएकी ती महिलाको पीसीआर टेष्ट रिपोर्टमा पोजिटिभ आएको स्वास्थ्य कार्यालय दोलखाले बताएको छ । उपचारकै क्रममा विहिबार ती वृद्वाको मृत्यु भएको थियो । उनको शव हाल सदरमुकाम चरिकोट स्थित शव गृहमा राखिएको छ ।उनको शव नेपाली सेनाले अन्तेष्टी गर्ने बताइएको छ । उनी २ साता अघि भारतबाट आएको परिवार स्रोतले बताएको छ ।

Shares

Be the first to comment on "दोलखामा एक वृद्वा महिलाको कोरोना संक्रमणले मृत्यु"

Leave a comment

Your email address will not be published.


*