दोलखामा एक जना नयाँ संक्रमित थपिए

चरिकोट (दीस) –दोलखामा एक जना नयाँ संक्रमित थपिएका छन् । आज स्वास्थ्य मन्त्रालयले गरे प्रेस मिटमा सो जनाइएको छ । आज नेपालमा ८ सय ३८ नयाँँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

काठमाडौं उपत्यकामा १८२ जनामा  संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका छन् ।

११ जनाको कोरोनाको कारण ज्यान गएको मन्त्रालयले जनाएको छ । जसमा १० पुरुष र एक महिला रहेको जनाइएको छ ।

Shares

Be the first to comment on "दोलखामा एक जना नयाँ संक्रमित थपिए"

Leave a comment

Your email address will not be published.


*