दोलखामा सात दिन निषेधाज्ञा गर्न उद्योग बाणिज्य सँघ र चेम्बर अफ कमर्शद्धारा माग

चरिकोट (दीस ) – दोलखाका उद्योग तथा व्यवासायीहरुको २ छाता संस्थाले दोलखामा कोरोना संक्रमण बढेको भन्दै सात दिन निषेधाज्ञा गर्न माग गरेको छ । दोलखा उद्योग बाणिज्य सँघ र चेम्बर अफ कमर्श दोलखाको सयुक्त बैठकले जिल्ला प्रशासन कार्यालय दोलखालाई यस्तो सुझाब दिएको कमर्शका महासचिब पान्डबसिह पाँडेले बताए । एक हप्ता अति आवश्यक बाहेक अन्य सम्पुर्ण सेवा बन्द गर्न अनुरोध गरेको उद्योग बाणिज्य सँघ दोलखाका प्रथम उपाध्यक्ष दिनेश थापाले बताए । बैठकले प्रमुख व्यापारिक केन्द्रमा व्यबसाय गर्दै आएका व्यवसायीको पीसीआर टेष्ट गर्न माग गरेको छ । २ संस्थाको सिफारिसमा अतिआवश्यक ल्याउने व्यबस्था गर्न सहजिकरण गर्न प्रशासनसँग बैठकले अनुरोध गरेको छ ।

Shares

Be the first to comment on "दोलखामा सात दिन निषेधाज्ञा गर्न उद्योग बाणिज्य सँघ र चेम्बर अफ कमर्शद्धारा माग"

Leave a comment

Your email address will not be published.


*